केवुल च्यानलबारे सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्द निर्देशनात्मक आदेश दिएको छ। क्रिसमसका दिन (डिसेम्बर २५) सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा न्यायाधिशद्वय ईश्व प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले सो आदेश दिएको हो।
काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन बदर गर्ने निर्णयमा जारी सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सरकारले 'भ्याकेट' दर्ता गराएको छ। शिक्षा मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् कार्तिक ८ मा जारी आदेश खारेजीको माग गर्दै मंगलबार भ्याकेट दर्ता गराएको हो।
पूर्वाधार नपुगेको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट बर्खास्त गरिएको निर्णय कार्यान्वयन नगर्न/नगराउन मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले दुवै पक्षको सुनुवाइपछि मंगलबार यस्तो आदेश दिएको हो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले कानुनविदहरुसँग छलफल गरिरहेको छ। सर्वोच्चले गत बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलगअलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेपछि आयोगले छलफल गरेको हो।
सर्वोच्च अदालतले ऐतिहासिक महत्त्वको ढुंगो जोगाउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले लिम्बु जातिको संस्कृतिसँग जोडिएको ढुंगो जोगाउन आदेश गरेको हो।
सर्वाेच्च अदालतले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छपाइका विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिँदै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र अलगअलग छाप्ने विषयमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको जबाफ आयोगसँग मागेको हो।
सर्वोच्च अदालतले एनसेलको सेयर बिक्री गर्दा एक व्यापारीले अर्बांैको कर छली गरेको विषयमा परेको मुद्दामा अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र छाप्ने निर्णयप्रति निर्वाचन आयोगलाई नै जिम्मेवार बनाउँदै आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले साेमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन् ।
सर्वोच्च अदालतले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई काममा फर्काउन आदेश दिएको छ। सरकारले बर्खास्त गरेका उनलाई सर्वोच्चका न्यायाधीशहरु पुरुषोत्तम भण्डारीको इजासले आइतबार अन्तरिम आदेश जारी गर्दै काममा फर्किन आदेश दिएको हो।
स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ। उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ।