२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई महिलाको हत्या आरोपमा सन्त पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्या आरोपमा ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन्।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

अदालतकै आँगनमा प्रहरीले महिला कुट्यो, जिल्ला अस्पतालमा उपचार हुँदै

रौतहट प्रहरीले महिलाको अति संवेदनशील अंगमा प्रहार गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ। रौतहट जिल्ला अदालतको मुखैमा छाती तथा प्राइबेट अंगमा बुटले हिर्काउँदै लछारपछार गरेर घाइते बनाएको घटनाले प्रहरी अझै लोकतान्त्रिक हुन नसकेको प्रमाणित भएको छ।

महिला उद्यमी मेलामा होलीको रौनक

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

दुई महिलासहित ३ जना मृत फेला

खोटाङमा एकैदिन दुई महिला र एक पुरुष मृत फेला परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताको माग

अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने माग गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संजालले यस्तो माग गरेको हो। नयाँ संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। त्यही भावना अनुरुप मन्त्रिमण्डलमा महिला सहभागिता हुनु पर्ने उनीहरुको माग छ।

के महिला भनेका योनि मात्र हुन् ?

आफ्नी नायिकाको पेटलाई जतिसुकै उघारेर देखाउन सक्छ र यस्तो गर्दा उसको सेट जलाउने, मारपिट खाने, अंग काटिने, ज्यानै जाने डरले ऊ लुक्दैन । साधारण शब्दमा भन्ने हो भने मानिसलाई फिल्म बनाउने, त्यो फिल्म रिलिज गर्ने क्षमता रहिरहनु पर्छ र यस्ता फिल्म बनाएका कारण उसका सन्तान सुरक्षित तरिकाले विद्यालय जाने अधिकार कुण्ठित हुनुहुँदैन ।

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

मधेसको पहिलो र एकमात्र महिला मेयरले आफ्नो नगरपालिकामा दुई वटा नयाँ कार्यक्रमको शुभारम्भ गरेकी छिन्। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले दुई वर्षभित्र नगरपालिकालाई साक्षर बनाउन घोषणा गरेकी छिन् । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निकै चुनौतीपूर्ण काम भए पनि विभाग, जिल्ला शिक्षा कार्यालय रौतहट तथा नगरपालिकाको समन्वयमा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्। महानिर्देशक पौडेलले जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई साक्षरता अभियानलाई सफल बनाउन निर्देशन दिएका छन्।

‘घरेलु कामदार निर्देशिका महिलामैत्री भएन’

रम तथा रोजगार मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका महिलामैत्री हुन नसकेको सरोकारवाला निकायले जनाएका छन्।

सम्बन्धविच्छेद : निवेदन दिनेमा महिला बढी

चालू आर्थिक वर्षमा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी दिनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ । जिल्ला अदालतले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि माघसम्मको सात महिनाको अवधिमा सम्बन्धविच्छेदका एक सय ८० भन्दा बढी उजुरी परेका छन् । उजुरी दिनेमा अधिकांश महिला छन् भने पुरुषको संख्या एक÷दुई प्रतिशत मात्र रहेको छ । अधिवत्ता रञ्जिता थापा भन्छिन्, ‘सम्बन्धविच्छेदका मुद्दा लिएर आउनेमा महिलाको संख्या बढी छ । यसो हुनुको विभिन्न कारण छन्।

हक खोज्दैनन् महिला

एक कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भने, ‘महिलाहरू आफ्नो अधिकार नै माग्न आउँदैनन्, अधिकार त कति छन् कति ।’ अर्को एक कार्यक्रममा सूचना आयुक्त यशोदा तिम्सिनाले पनि भनिन्, ‘अधिकार त परै जाओस्, के के पाइन्छ भन्ने सूचना माग्न पनि आम महिला पुग्दैनन्।’

भीरबाट लडेर महिलाको मृत्यु

मुसीकोट नगरपालिका–१, सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

संघीय संसदमा ३४ प्रतिशत महिला

संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्