५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘प्रहरीले भारतीय युवाबाट पैसा लिएपछि सीमामा त्रास’

नेपाल र भारत सीमाको दशगजा छेउमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो। भारतीय युवाबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षा माग्दै प्रहरी चौकीमा भेला भएका थिए।

राजधानीमै नक्कली पैसा छाप्ने मेसिन!

दुई करोड ६० लाख ६३ हजार नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पक्राउ पर्नेमा प्रकाश सुवेदी, महेन्द्र बोगटी, माधव वाग्ले, विकेस नातिफ, साजन तामाङ र सुजित तामाङ पक्राउ परेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

जनताको पैसा तलमाथि गर्ने बैंकलाई कारबाही : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनताको पैसा तलमाथि गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत पैसा सर्वसाधारणको हुने भएकोले पनि तलमाथि गर्न नहुने उनको भनाइ थियो।

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

‘पैसावालबाटै सहरकाे माैलिकता मेटियाे’

पोखरा हो । पोखरा मनपर्नुको कारण भौतिक र पूर्वाधार विकास होइन, त्यहाँ भएका प्राकृतिक सुन्दरताले मनपरेको हो । यो पयर्टकीय सहर पनि हो । मैले सानैदेखि यो सहरलाई नियाल्न पाएको थिएँ । मेरो जन्म पनि पोखरानजिकै भएको हो । ताल, हिमाल र पहाडी भू–भागले पोखरालाई ज्यादै सुन्दर बनाएको छ । तर, प्राकृतिक रूपमा जति सुन्दर थियो, भौतिक रूपमा हामीले पोखरालाई अन्याय गरेका छौँ।

योजना आयोगले अब पैसा बाँड्दैन

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब नीति र योजना बाँड्ने बताएका छन्।

गन्तव्य ढाँट्दै, पैसा कमाउँदै

गत बुधबार साँझ रत्नपार्क पुग्दा यात्रुहरू सवारीसाधन कुरिरहेका थिए ।बूढानीलकण्ठ र कान्तिपुर यातायातका सहचालक यात्रुलाई बोलाइरहेका थिए, बसको सिट भने भरिएको थिएन। त्यही बस आसपास यात्रु भने घुमिरहेका थिए । उनीहरूले आफ्नो गन्तव्य पुग्ने यातायात भेटिरहेका थिएनन् । उनीहरूको गन्तव्य थियो– बौद्ध तथा जोरपाटी।

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रीमानले बिदेशबाट पठाएको पैसाले व्यावसायिक तरकारी खेती

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी दुर्गा बस्नेतका श्रीमान कतारमा छन्। श्रीमानले कतारमा मासिक ५० हजार आम्दानी गरिरहदा दुर्गाले पनि तरकारी खेतीबाट घरैमा मासिक २०–२५ हजार आम्दानी गर्ने गरेकी छन्।

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ।

किसानको चिन्ता : मकैमा दाना लागेन, उखुको पैसा पाइएन

रौतहटको उत्तरी क्षेत्रका किसान मकैको घोघामा दाना नलागेर चिन्तित देखिएका छन् भने दक्षिणी रौतहटका किसानको उखु खेती राम्ररी सप्रेर बाली बेच्दासमेत रकम हात नपरेपछि चिन्तित देखिएका छन्।

आमालाई पैसा दिएर बलात्कारको घटना मिलाउन खोज्दा...

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

सिआईबीको टोलीलाई मिलाउने भन्दै पैसा लिने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैरकानुनी रुपमा वित्तिय कारोबार गर्ने संस्थामाथि निगरानी बढाएर त्यसमा संलग्नलाई पक्राउ गरिहेका बेला सिआइबीलाई मिलाउने भन्दै पैसा असुल्ने एक जना इटहरीबाट पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं. २० का नवराज मैनालीलाई पक्राउ गरेको हो।

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी निर्वाचित भएदेखि नै अस्तव्यस्त रहेको स्थानीय तहलाई सुधार्नेतर्फ लागेका छौँ । वडा कार्यालयका तर्फबाट जनतालाई दिने सेवा–सुविधामा कुनै कमी हुन दिएका छैनौँ । तर, विकास निर्माणको काम अति नै सुस्त गतिमा भइरहेको छ । जनप्रतिनिधि भएर आएसँगै पांगा जनसेवा स्कुलदेखि गाखासम्म चार सय मिटर क्षेत्रमा ढल निर्माण गरेर सम्पन्न गरिसकेका छौँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्