५ आश्विन २०८१ शनिबार
image/svg+xml

जसले युट्युबबाटै पैसा कमाउँछन्

करिब चार महिनाअघि रिलिज भएको बलिउड चलचित्र ‘सेक्रेट सुपरस्टार’मा गीत गाउन चाहने इन्सु नामक एक मुसलमान बालिकाको कथा छ ।

बाटोमा हराएको पैसा ट्राफिक हवल्दारले दिलाए

बाटोमा खसेको पैसा १० दिनपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी हवल्दारले सम्बन्धित व्यक्तिलाई फिर्ता गराएका छन्। गएको माघ १५ गते कोहलपुर १५ दश बिगाहमा बिहान साँढे ११ बजे हराएको ७ हजार ५ सय रुपैयाँ हवल्दार हर्कबहादुर खड्काले सुरक्षित फिर्ता गराएका  हुन्।

पैसा चोर्ने विद्यार्थीलाई अनौठो सजायँ

भारतको पूर्वी प्रान्त झारखण्डको एक निजी विद्यालयमा बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीलाई सजायँ दिइएको छ।

‘बाँदरलाई पैसा छुट्टाइयो, क्षति गर्न छाडेन’

‘हैन बाँदर नियन्त्रणका लागि पैसा छुट्टाईएको छ, नियन्त्रणको काम कसरी हुन्छ सरकार ?’ बगनाशकाली गाउँपालिका–९, चापपानीका भोजराज भट्टराईले स्थानीय गाउँ सरकारलाई प्रश्न गर्दै थिए। उनले बगनाशकाली गाउँपालिकाको सार्वजनिक सुनुवाईमा राखेको प्रश्न हो यो।

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।

‘भूमिगत पैसा निस्कन दिनुपर्छ’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले गैरकानुनी रुपमा भित्रिने धनलाई करको दायरामा ल्याएर उत्पादन क्षेत्रमा लगाउनुपर्ने आशय व्यक्त गरेका छन् । त्यस्तो गैरकानुनी धन क्यासिनोमा प्रयोग गर्न हुने, उत्पादनमा लगानी गर्न नहुने भन्ने नभएको आशय उनले व्यक्त गरेका छन् ।

जनप्रतिनिधिका आँखा पैसामै

स्थानीय तहको निर्वाचन भएपछि योजना तर्जुमा गर्न लमही नगरपालिकाको नगरसभा बस्यो । नगरपालिका क्षेत्रको विकास–निर्माणसंगै नीति तथा कार्यक्रम तय गरेको नगरसभामा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा के, कति भन्ने प्रश्न पनि उठाइयो।

भवन बनाउने भन्दै पैसा बुझाउन रोजगार व्यवसायी संघको उर्दी

वैदेशिक रोजगार व्यवसायी संघले भवन बनाउने भन्दै म्यानपावर व्यवसायीलाई पैसा बुझाउन उर्दी जारी गरेको छ। पैसा नबुझाए कम्पनी नै खारेज गरिदिने चेतावनी संघले जारी गरेको पत्रमार्फत दिइएको छ।

पहुँचवालालाई पैसा

सरकारले आफ्ना मान्छेलाई निरन्तर बाँड्दै आएको राष्ट्रिय ढुकुटीको औचित्य साबित हुन सकेको छैन । उपचारका नाममा राष्ट्रिय ढुकुटी दोहन गरी पैसा बाँड्ने यो प्रवृत्तिमा रोक लाग्न सकेको छैन । ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ को शैलीमा सरकारले काम गरिरहेको छ । यसरी रकम वितरण भइरहेको खबर नागरिकले निरन्तर प्रकाशित गर्दै आएको छ ।

सडक मर्मतको अर्बाैं पैसा अन्यत्र

सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बाैं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मत सम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

फिल्म फ्लप भए निर्मातालाई पैसा दिने अभिनेता

राजनीतिमा आउने घोषणासँगै दक्षिण भारतीय सुरपरस्टार रजनीकान्त अहिले चर्चामा छन्।  बस कन्डक्टरदेखि फिल्मी दुनियाँको सुपरस्टार बनेका रजनीकान्तले टिकट काट्ने स्टाइलका कारण फिल्ममा चान्स पाएका थिए।

‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’

परिवारको जेठो सन्तान । घरको आर्थिक अवस्था कमजोर । साँझ बिहानको गर्जो टार्न मुस्किल भएपछि नलाङका समिर सिलवाल मलेसिया पुगे । मलेसियामा काम गर्दै सुरुसुरुमा घरमा फोन गर्ने र पैसा पठाउने पनि गरेका थिए । मलेसिया गएको चार वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । तर सोचेजस्तो आम्दानी हुन नसकेपछि समिर एकाएक परिवारको सम्पर्कबाट टाढिए । जे जस्तो भएपनि दसैं मान्न नेपाल चाँडै फर्कन्छु भनेर ०६० असारमा उनले बुबालाई फोन गरेकाथिए । अहिले उनीकहाँ, के गर्दै छन्, अत्तोपत्तो छैन । न फोन आउँछ, न कुनै खबर नै । समिरले पछिल्लो फोनमा बुबासँग ‘मलाई कम्पनीले फसायो, सोचेजस्तो आम्दानी छैन, खान–बस्नपनि समस्या भएको छ’ भनेकाथिए । समिर मलेसियामा बेपत्ता भएको १४ वर्ष भइसकेको छ ।

सिरानीमुनिको पैसा निकाल्दा...

म १३ वर्षकै उमेरमा मैले विराटनगरको जनता माविबाट २०२५ सालमा एसएलसी पास गरेँ । त्यसपछि मैले काठमाडौँको त्रिचन्द्र कलेजमा नाम लेखाएँ । मलाई कलेजको सुरुवाती दिनमा एकदमै अनौठो महसुस भएको थियो किनभने म साह्रै सानो थिएँ । मेरा सहपाठी निकै ठूला थिए । म आफूलाई एसएलसी पास गरेपछि निकै वयष्क भएको ठान्थेँ तर जब म कलेज भर्ना भएँ, आफूभन्दा ठूला मान्छेहरु देखेर अचम्ममा परेँ ।

पैसामा पहुँच

सरकारले बितेको एक वर्षमा मात्रै झन्डै एक अर्ब रुपैयाँ पहुँचवाला नेतालाई बाँडेको तथ्यांक सार्वजनिक हुँदा सर्वसाधारण आश्चर्यचकित भएका छन् । एकातिर शिक्षा÷स्वास्थ्यजस्ता न्यूनतम आधारभूत सुविधासमेत नपाएर सर्वसाधारणले अनाहकमा जीवन गुमाउनुपर्ने अवस्था छ भने अर्कोतिर पहुँच छ भने नयाँ वा पुरानो जुनसुकै सत्ताका व्यक्ति भए पनि सजिलै राष्ट्रिय ढुकुटीबाट स्वास्थ्यलाभको सुविधा लिने व्यवस्था छ । सत्तामा पात्र परिवर्तन भएका छन्, प्रवृत्ति भने हिजो जस्तो थियो त्यस्तै छ ।

बैंकमा ऋण दिन पैसा अभाव, अबका दिन सकसपूर्ण

मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्