५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनोज पुन बनेर सांसद र व्यवसायीसँग पैसा माग्ने पक्राउ

पोखरा- मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।

 थापालाई माघ १० गते तीन दिनको अल्टिमेटम दिई धम्किपूर्ण म्यासेज आएपछि प्रहरीले सो नंम्बरको बारेमा सीआइवीसँग समन्बय गरी सीडिआर झिकाई अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा स्याङजा लोकेसन देखिएपछि प्रहरीले घटनामा संलग्न शिब कार्कीलाई पक्राउ गरेको थियो।

अनुसन्धाको क्रममा कार्कीले भेटाएको सिम अमृत खड्कालाई दिएको भन्ने खुल्न आएपछि प्रहरीले खड्काको डेरा खानतलासि गरेको थियो। माघ १५ गते खड्का र रामु सुबेदी पोखराको शान्तिबन बाटिकामा गई थापालाई म्यासेज पठाएको प्रहरी अनुसन्धाले बताएको छ। भारतमा गई भारतीय नंम्बरबाट  मनोज पुनको नामलिई फोन गर्ने ब्यक्ति मनोज पुन नभई रामु सुबेदी भएको अनुसन्धाले देखाएको छ।

नेपालबाट मनोज पुन समूहको ब्यक्ति हुँ भनि धम्काई फिरौति माग्ने ब्यक्ति अमृत खड्का रहेको देखिएको छ।

सुवेदी र खड्कालाई पक्राउ गरेपछि घटनाका योजनाकार शंकर भन्ने नर बहादुर गुरुङ रहेको खुलेको छ। गुरुङलाई प्रहरीले रामबजारबाट पक्राउ गरेको छ।

शंकर गुरुङको योजनामा आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको अमृत खड्का र रामु सुवेदीले स्बिकारेका छन्।  

घटनाका योजनाकार शंकर गुरुङले धेरै ब्यक्तिहरुलाई पैसा दिन रहेको र आफ्नो ब्यबहार बिग्रेकोले यस्तो काम गरेको बयान दिएका छन्।  उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्दामा जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित: १८ माघ २०७४ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App