६ आश्विन २०८१ आइतबार
image/svg+xml

खालको पैसा सहित तास खेल्ने ११ जना पक्राउ

काठमाडौँ महानगरपालिका–५ कालोपुल स्थित बिमल थापाको घरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले बुधबार नगद १ लाख ५ हजार ७ सय रुपैया र ३ बुक ताससहित पक्राउ गरेको छ।

धर्म प्रचारक दुई समूहको बिगबिगी- ‘पैसा र प्रलोभनमा धर्म परिवर्तन’

धर्म एउटै– इसाई । बाइबल पनि एउटै । ‘प्रभु’ भने दुईथरी– पिता भक्त र माता भक्त । एकअर्काका घोर विरोधी । उनीहरू एकले अर्कालाई सिध्याएरै ‘लीला’ देखाउने होडबाजीमा छन् । एउटा समूह भन्छ– पिता प्रभु हुन् । अर्को समूहको त्यसमा विमति छ– माता प्रभु हुन् । यी दुई प्रभुका गुटबीच अहिले अनुयायी तानातान छ । आफूहरूलाई प्रभुका सच्चा अनुयायी दाबी गर्ने उनीहरू एकले अर्कोलाई स्वीकार गर्न मान्दैनन् । एकले अर्को समूहका अनुयायीलाई ललाइफकाइ गरेर आफ्नो समूहमा प्रवेश गराउने योजना दुबैले बुनिरहेका हुन्छन् । यी दुवै समूह एकअर्काका लागि जगजगी बनेका छन् ।

पैसा तिरेर दर्शन गर्न नपाइने

आइतबार नेपाली नारीको महान पर्व हरितालिका तीज। पतिको दीर्घायूको कामनासहित व्र्रत बसी भगवान शिवको दर्शन गर्न राजधानीस्थित पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा सबेरैदेखि नारीको घुइँचो हुन्छ।

पर्खालको पैसा मेक्सिकोको भाग : ट्रम्प

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले मेस्किकोको सीमा क्षेत्रमा लगाउने पर्खाल मेक्सिकाको पैसाले बनाउनु पर्ने जिकिर दोहोर्‍याएका छन्। अमेरिकाको एरिजोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मेक्सिको र अमेरिकाको बीचमा पर्खाल लगाउने र अवैध रुपमा अमेरिका बसेका आप्रवासीलाई फर्काउने अडान दोहोर्‍याएका हुन्।

पैसा उठाउने नापीका कर्मचारीलाई स्थानीयले प्रहरीमा बुझाए

सर्लाहीको धनगढा गाविसमा गाउ ब्लकको जग्गा नापी गर्न खटेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई घुस मागेको आरोपमा स्थानीयले पक्राउ गरी ल्याएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

हेलिकोप्टरबाट पैसा बाँड्छु भन्नु ओलीको सिको : भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई हेलिकोप्टरबाट पैसा पुर्‍याएर हातहातै बाँड्छु भनी दिएको अभिव्यक्ति पूर्वप्रधानमन्त्री केपी ओलीको सिको भएको बताएका छन्।

'हेलिकप्टरमा पैसा पुर्‍याउनोस् , पीडितलाई हातहातै दिनोस्'

पुननिर्माणको काम संयन्त्रै संयन्त्रमा फसेको छ। मैले ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता दिएर अरु टुंग्याउन निर्देशन दिएको छु। त्यो समयमा नसक्ने जस्तो भयो भने हेलिकप्टरमा पैसा हाल्नु, सुरक्षाकर्मी लिएर जानु र पीडितलाई हातहातै पैसा दिनु भनेको छु। पीडित को को हुन् भन्ने त छुट्टिएकै छन्।

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

काठमाडौँ- आफुलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेको अवस्थामा प्रहरीले रौतहट बिश्रामपुर–५ घर भएका सम्सेर महतलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

शौचालयको पैसा उठाउँछन् सरकारी कर्मचारी

सरकारी कार्यालयमा काम लिएर गएका सेवाग्राहिले निशुल्क रुपमा शौचालय प्रयोग गर्न पाउनुपर्ने हो तर काठमाडौं उपत्यकामा सञ्चालित कतिपय सरकारी कार्यालयहरु यस्ता पनि छन् जसले कार्यालय भित्रकै शौैचालय प्रयोग गर्दा शुल्क उठाउँछन्।

लाइसेन्स बनाउन पैसा उठाउने गिरोहका थप तीन पक्राउ

इटहरी– यातायात कार्यालयका कर्मचारीसँगको साँठगाँठमा सवारी साधन चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बनाई दिने भन्दै पैसा उठाउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नबिल र हिमालयन बैंकको एटिमबाट पैसा झिक्ने पक्राउ

एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए।

दुई पैसा जग्गामा घर

गत वर्षको विनाशकारी भूकम्पपछि भक्तपुरमा आधा आना अर्थात् दुई पैसा जग्गामा धमाधम घर पुनर्निर्माण हुन थालेका छन्। दुई पैसामा बनाइने घरमा एउटा सानो कोठा पनि मुश्किल बन्छ।

लाइसेन्स बनाउन पैसा उठाउनेलाई ठगी मुद्दा

इटहरी- यातायातका कर्मचारीसँगको साठगाठमा सवारी साधन चालक अनुमति पत्र लाइसेन्स बनाई दिने भन्दै पैसा उठाउने एक जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ।

एटिएमबाट पैसा निकाल्दा गुम्छ एक दिनको कमाइ

मुलुकका २९ वटै वाणिज्य बैंकले भिसा एटिएम कार्ड प्रयोगमा ल्याएका छन्। उक्त कार्ड प्रयोग गरी जुनसुकै बैंकको एटिएम (अटोमेटेड टेलर मेसिन) बाट रकम झिक्न सकिन्छ। तर, सेवाग्राहीले एउटा बैंकले दिएको भिसा कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट रकम निकालेबापत मोटो शुल्क तिर्नुपर्ने हुन्छ।

पैसा भनी कागजका टुक्रा दिने फरार अभियुक्त पक्राउ

काठमाडौं-पैसा भनी कागजका टुक्रा दिई ठगी गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले गोंगबुबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्