६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

काठमाडौँ- आफुलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेको अवस्थामा प्रहरीले रौतहट बिश्रामपुर–५ घर भएका सम्सेर महतलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

महतले आइतबार राति कैलाली टिकापुर– ९ घर भई हाल सहयोगीनगर बस्ने २७ बर्षीय  विकास रावल र बारा निजगढ घर भएका २६ बर्षीय राकेश न्यौपानेलाई ठगी गर्ने उद्देश्यले नक्कली संचार (खेलौना जस्तो देखिने ) सेट देखाई पैसा माग्दै गरेको अवस्थामा पीडितहरुले समातेर प्रहरी प्रभाग कोटश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई बुझाएका थिए।

उनको साथबाट प्रहरीको नक्कली सेट १ थान समेत बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७३ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App