१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्।

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

यसरी हुँदैछ नेपालगन्ज विमानस्थलको स्तरोन्नति

विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङस्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ। उक्त एप्रोनमा करिव ८ वटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँछन्। विमानस्थलको २ सय मिटर रनवे थप विस्तार गर्ने काम भइरहेको छ।

स्याफ्रु–रसुवागढी सडक खण्डः स्तरोन्नतिको काम सुरु हुन अझै समय लाग्ने

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु हुन अझै केही समय लाग्ने भएको छ। विजुलीको पोल सार्ने काम अझै नसकिएकाले काम सुरु हुन समय लाग्ने देखिएको हो। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको थियो।

प्रविधि स्तरोन्नति गर्दै टेलिकम

सूचना प्रविधिमा आएको तीव्र विकासले मासिनको जीवन जिउने शैली फेरिएको छ। पछिल्लो दशक सूचना तथा सञ्चार क्षेत्रमा भएको प्रगतिले सबैको हात–हातमा स्मार्ट फोन छ। घरघरमा इन्टरनेट सुविधा पुग्ने क्रममा छ।

बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

आयल निगम थानकोट डिपोको स्तरोन्नति

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति सम्पन्न गरेको छ। राजधानी लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री गर्ने निगमको बाग्मीत प्रादेशिक कार्यालय मातहतको डिपोमा भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापकीय सुधार गरेको हो।निगमले करिब ६ करोड रूपैयाँ खर्चेर पुराना संरचना परिवर्तन र नयाँ संरचना निर्माण गरेको छ।

नेपाललाई कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई कम विकसित मुलुकबाट विकासशील मुुलुकमा स्तरोन्नति हुन सिफारिश गरेको छ।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिको काम सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम सुरु भएको छ।

गल्छी–रसुवागढी सडक : स्तरोन्नति समयमै सक्न निर्देशन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको अवस्थाबारे अवलोकन गर्न आएको सडक विभागको टोलीले समयमै काम सक्न निर्देशन दिएको छ।

स्तरोन्नति र कालोपत्रे गर्न ढिलाइ

बझाङको देवल विमानस्थलको स्तरोन्नति तथा कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ। ठेकेदारको लापरबाहीका कारण सो कार्यमा ढिलाइ भएको हो।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

वर्षौंदेखि जिर्ण र धुले सडकको उपमा पाएको सिराहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति गर्न माग गर्दै उदयपुरबाट गएको प्रतिनिधिमण्डलले सोमबार भौतिक योजना तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधिमण्डल जाने तयारी

सिरहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सडक सिद्धिचरण लोकमार्गको स्तरोन्नति हनुपर्नेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन्। माथिल्लो सगरमाथाको प्रवेशद्वार मानिएको कटारी बजारदेखि ओखलढुंगाको सीमास्थल सुनकोसीस्थ्ति घुर्मीबजारसम्मको सडक अत्यन्त दूरावस्था रहेको भन्दै यसको दीर्घकालीन स्तरोन्नतिका लागि सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन्।

आन्तरिक विमानस्थल स्तरोन्नति अन्तिम चरणमा

हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमा ठूला विमान उडाउन र अवतरण गर्न सक्नेगरी विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत देशभरका विमानस्थल स्थरोन्नतिको काम अन्तिम चरणमा रहेको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्