शीतलहर तराईको एउटा समस्याको रुपमा छ। जाडो क्रमश बढ्दै गएपछि अस्पतालहरु पनि भरिभराउ हुँदै गएको छ। युवा भन्दा पनि बालबालिका र जेष्ठ नागरिकहरुलाई प्रभावित पार्ने जाडो र शितलहरले रुपन्देहीसहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भई ज्यान जानेसमेत गरेको छ।
नेपालमा बर्सेनि बाढीपहिरो, भूकम्प, आगोलागी, शीतलहरलगायतका प्राकृतिक तथा मानवीय प्रकोपका कारण लाखौँ जनता प्रत्यक्ष/परोक्ष रूपमा पीडित/प्रभावित हुने गरेका छन्। प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरूमा समेत हुने गर्छन् तर सरकारले उचित ध्यान दिएको खण्डमा क्षति कम गर्न सकिन्छ। हामीकहाँ विपद्का बेला केही दिनसम्म क्षति न्यूनीकरणबारे छलफल हुने गर्छन् तर पछि बिर्सने गरिएको छ। २०७२ सालको भूकम्प अनि बाढीका कारण शव अन्त्येष्टि गर्ने जमिनसमेत नभएर एक बालकलाई नदीमै बगाउनु परेकोलगायत कैयौँ पीडादायी घटनाबाट हामीले पाठ सिकेनौँ। तर हालसालै बारा–पर्सामा आएको भीषण हावाहुरीले निम्त्याएको विपत्तिबाट हामीले पाठ सिक्नैपर्छ।
प्राकृतिक बाध्यताकै कारण भूकम्प, बाढी, पहिरो, शीतलहरजस्ता विपद् हामी नेपालीहरूका लागि नियमित नियति बन्न पुगेका छन्। जसलाई रोक्न, छेक्न नै नसके तापनि न्यूनतम क्षतिमै टार्न भने सकिन्छ। हरेक विपद्ले केही न केही नयाँ पाठ सिकाउँछ नै।
पूर्वी तथा मध्य तराईका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ।
जनताका आधारभूत आवश्यकता पूरा गर्ने सरकारको प्रतिबद्धता सुनाउँदै प्रधानमन्त्री अाेलीले भने, “अब कोही भोकै मर्दैनन, शीत लहरले कोही पनि मर्दैनन्।” प्रधानमन्त्री ओलीले स्वच्छ र विकासमुखी परिवर्तन स्थानीय तहबाट गर्न सकिने बताए।
युरोपका विभिन्न देशमा पछिल्लो साता देखिएको सुरु भएको शीतलहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । फेब्रुअरी २६ देखि आइतबारसम्म युरोपका विभिन्न मुलुकमा शीत लहरका कारण मृत्यु हुनेको संख्या १८ पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।
सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीस्थित जर्जर चन्द्र नहरको डिलमा एउटा सानो झुप्रो छ । त्यहींभित्र चारवटा गाईबस्तु, आधादर्जन खसीबाख्रा र परेवासँगै वृद्ध विरक्ष मलाह र उनकी पत्नी असार यता बस्दै आएका छन् । असारमै आएको बाढीले घरवार बगाएपछि वृद्ध दम्पती चन्द्र नहरको डिलमा पुगेका हुन् । उनीहरुले सात महिनायता त्यही झुप्रोमा जसोतसो जिवन निर्वाह गर्दै आएका छन् ।
झण्डै तीन सातादेखि एक्कासी बढेको चिसोको कारण तराई मधेसका जिल्लाको जनजीवन अस्तव्यस्त हुन थालेपछि थप जनधनको क्षति हुन नदिन हाँस्य कलाकार धुर्मुस सुन्तलीले न्यानो बाँड्न थालेका छन्।
तराईमा शीतलहरले जनजीवन कष्टकर बनेपछि यतिबेला सबैतिर राहत बाँड्ने होडबाजी चलेको छ । स्थानीय तह, प्रहरी प्रशासन सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदैमा व्यस्त छन् । विपन्न बस्तीमा गएर केही थान कम्बल बाँड्ने संघसंस्थाको ओइरो देखिन्छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासस्थलमा सोमबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बृहत् बैठकले शीतलहरबाट जोगिन कम्बल, ब्ल्यांकेटलगायतका लुगा व्यवस्थापन गर्न जिल्लास्थित विभिन्न गैरसरकारी संस्था र दातृ निकायलाई गुहार्ने निर्णय ग¥यो । त्यस्तै जिल्ला वन कार्यालयलाई आवश्यक दाउरा व्यवस्थापन गर्न भनियो भने जनस्वास्थ्यलगायतका सरोकारवालालाई जनचेतना फैलाउन आग्रह गर्ने भनी निर्णय पुस्तिकामा लेखियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।