शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा
सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।