कपिलवस्तु – चिसाेसँग शीतलहरका बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बन्द भएका छन् । वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालय आइतबारबाट बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले बताए ।
'अधिक चिसोकाे कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द गरिएकाे हाे,'उनले भने । चिसोका कारण जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा निमोनिया, झाडापखालालगायत बिरामीको संख्यामा वृद्धि भएको जिल्ला अस्पताल तौलिहवाका किशोर बन्जाडेले बताए ।
प्रकाशित: १९ पुस २०७४ ०९:०२ बुधबार