१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिडिओको प्रयासले दशैंको मुखमा खुसीयाली

नदी तटीय क्षेत्रमा खटिएकि सिडिओ शर्मा । तस्बिर /निर्मल घिमिरे

असार देखि असोजसम्मको चार महिनाको अवधिमा एक पटक हैन–पटक–पटक बङ्गालबाट विकसित न्यून चापीय प्रणालीले कर्णाली र बबई नदीमा बाढी आउने  खतराको सङ्केत गरिरह्यो ।

 कर्णाली र बबई नदीका मापन केन्द्र चिसापानी र चेपाङमा खतराको सङ्केत पार गर्दा बस्ती बस्तीमा त्रासदी बढ्यो । नदी तटीय क्षेत्रका बस्ती डुबानमा परे,तर सधै  बाढी पस्ने बस्तीवालाका घर सुरक्षित भए ।

नदी बस्ती तर्फ सोझिए पनि बाँध फुटाल्न नसक्दा यस वर्षको बाढीको कहरलाई वस्तीका कसैले झेल्न परेन । दशैंको मुखमा भित्रने पछिल्लो बबई र कर्णालीमा आउने बाढीको प्रकोप यसपालिको लागि टरेको छ ।

शुक्रवार फेरी दिउँसो आकाशमा कालो बादल मडारियो । हल्का देखि मध्यम वर्षा भइरहेको छ । जिल्ला प्रशासनको कार्यालयले मौसम पूर्वानुमान शाखाको बुलेटिन प्रकाशित गरेर फेसबुक पेज मार्फत सचेत गरायो ।

दशैंमा दशा बन्ने बबई र कर्णाली नदीको त्रासले चैनको निद्रा कसैलाई लागेको थिएन । सिडिओका जागरले नदी तटीय क्षेत्रका बस्तीमा खुसी भित्राएको छ । तर,यसपटक भने बिपदको तयारीमा सक्रिय सिडिओको अघि बबई र कर्णाली नदीले वितण्डा नमच्चाइ सुस्ताइरहेको देखिन्छ । जसको श्रेय सिडिओ शर्मालाई स्थानीयले दिएका छन् ।

 बाढीको जोखिम टार्ने काममा सिडिओ रुद्रादेवि शर्माको कौशलता बिपदका बेला देखिएको छ । सिडिओ शर्माले खासै केही गरिनन्, तर,जति गरिन त्यसैले बबई र कर्णाली नदी बस्ती सोझिन पाएन भन्ने सर्वसाधारणले बुझेका छन् ।

अरु हैन सिडिओ दौडाहाले संवेदनशील ठाउँमा बाढी छेक्ने गरी तटबन्ध निर्माण हुँदा बस्ती तर्फ नदी सोझिन नपाएको भादा घाटका असलम धोबी बताउँछन् । ‘नदी जहाँ बाट पस्थ्यो, त्यो ठाउँमा तटबन्धका योजना नभए पनि बाढी छेक्ने काम हुँदा सडक र बस्तीमा नदीले क्षति गरेन,’उनले भने ।

बबई र कर्णाली नदी तटीय क्षेत्रमा सिडिओ शर्माको दौडाहाले यस्तो सफलता हात पार्दा सिडिओ शर्मा खुसी देखिन्छन् । उनका अनुसार बबई र कर्णाली नदी तटीय क्षेत्रमा बाध फुटाल्ने ठाउँमा तटबन्धको योजना नपरेकाले अस्थायी तटबन्ध निर्माण गर्न जोड दिएको उनले खुलाइन । ठुला–ठुला बोल्ड (ढुङ्गा) खसाल्दा सती पुल जोगियो र सकारात्मक रिजल्ट आएको हो ।

बबई सिँचाई आयोजना मार्फत नदीको भेल पस्न नसक्ने गरी केही ठाउँमा काम भएको उनी स्मरण गर्छिन । त्यस्ता ठाउँमा बबई,भादा औरही नदी नियन्त्रण व्यबस्थापन आयोजनाको सहयोगमा तत्काल अस्थायी तटबन्ध निर्माण भएको छ । 

सिडिओ शर्माको समन्वयमा बाढी पस्न सक्ने संवेदनशील ठाउँमा बबई सिँचाई आयोजनाले काम गर्दा बिपदलाई छेक्न सफल भएको देखिन्छ ।   

सिडिओ शर्मा जाग्दा नदी तटीय क्षेत्रका वस्तीका अनुहारलाई बाढीका बाछिटाले छुन नसकेको चर्चा बल्ल सुरु भएको छ । 

दशैमा विस्थापित भएर प्रताडित हुँदाको कहाली लाग्दो दिनको स्मरण मानसपटलबाट हराएको झैँ भएको राजापुर दीपक थारु बताउँछन् । २०७१ मा बबई नदीमा आएको बाढीले एक हजार बढी घर परिवार विस्थापित भएको थिए भने ६ जनाको ज्यान गयो । ३४ जना बेपत्ता भएका थिए । यस्तै, २०७४ को बाढीमा जब्दी पुलमा क्षति पुराएको थियो । 

एक हजार घर परिवार विस्थापित भएका थिए । अघिल्लो वर्ष बबईमा आएको बाढीले जब्दी घाटको पुलको स्पान र पिलर बगाउँदा आधा पुल बाँकी छ । बर्सेनि बबई नदीमा आउने बाढीले ठुला कहर निम्त्याउने सक्ने जोखिम भने ज्यू को त्यहि छ । 

प्रकाशित: १२ आश्विन २०८१ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App