२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

५० किलो गुणस्तरहीन मिठाइ नष्ट

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले बुधबार हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ।

डायस्पोरिक कवितामा गुणस्तरको चिन्तन

पछिल्लो समय नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई विश्व सामु चिनाउन डायस्पोरिक साहित्य एउटा माध्यम बन्दै गएको छ । राजधानीमा यतिबेला विदेशमा बस्ने नेपालीहरूको विश्वसम्मेलनको माहोल छ । यही माहोलकै बीच नेपाली डायस्पोराका कवितामाथि राजधानीमा बहस गरिएको छ।

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,  एयर अरेबिया, इतिहाद एयरवेज र कतार एयरवेजले नेपाल आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

कागजमै सीमित, गुणस्तर खस्कियो

लाखौं रुपैयाँ खर्च गरेर तयार गरिएका विद्यालय सुधार योजना विद्यालयको दराजमा थन्किदा कर्णालाीको शैक्षिक कहाली लाग्दोगरी खस्किएको छ । नेपाल सरकारले आधारभूत तथा प्रथामिक शिक्षा परियोजनामार्फत २०५६ सालदेखि विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयसम्म ल्याउने, शिक्षामा गुणस्तर कायम गर्ने र विद्यालयको व्यवस्थापकीय सुधारलाई प्रथामिकता दिँदै  विद्यालय सुधार योजना ल्याएको थियो । योजना ल्याइएपछि कर्णालीका विद्यार्थीको मुहार फेरिने आशा मात्र पलाएको थिएन कर्णालीका विद्यार्थी र विद्यालय अव्वल सामुदायिक विद्यालय बन्लान् भन्ने सोचाइ पनि धेरैको थियो ।

दर्जन उत्पादनलाई गुणस्तर चिह्न दिइँदै

भारतका एक दर्जनभन्दा धेरै उद्योगका उत्पादनलाई नेपाल गुणस्तर (एनएस) चिह्न दिइने भएको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका विदेशी वस्तुले पनि एनएस चिह्न लिनै पर्ने व्यवस्था लागू भएपछि उनीहरुको प्रक्रिया अघि बढेको हो।

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छिन्।  नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन् ।

सम्झौता मिचेर गुणस्तरहीन मल आयात

किसानले बालीनाली सपार्ने पोषकको रुपमा खेतमा हाल्ने ३० हजार मेटि्रक टन (एक लाख ५० हजार बोरा) युरिया मलले यसपालि उनीहरुले सोचेजति परिणाम नदिन सक्छ। कृषि सामग्री कम्पनीको सञ्चालक समितिले चैत १० मा गरेको निर्णय अनुसार जिटुजी प्रक्रियाबाट खरिद गरिएको मल सम्झौताभन्दा फरक र कमसल पैठारी गरिएको फेला परेको छ।

गुणस्तरको लागि प्रविधि र अनुसन्धान

मुलुकभित्र बढ्दो सिमेन्ट बजारमा आफ्नो उत्पादनको हिस्सेदारी बढाउन र साख उच्च राख्न वीरगन्ज पथलैया करिडोरको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले गुणस्तर र प्याकेजिङमा विशेष ध्यान दिएको दाबी छ।

मध्यपहाडी लोकमार्गको काम गुणस्तरीय गर्न ठेकेदारलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय खोटाङले मध्यहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा भञ्ज्याङ सडक कालोपत्रेका काम गुणस्तरिय रुपमा गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवाको गुणस्तर प्रमाणीकरण गर्ने तयारी

प्रत्येक व्यक्तिको स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ।

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: मन्त्री थापा

स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन्।

बिक्न छाडे रूद्राक्ष, गुणस्तरीय मात्र व्यापारीकाे माग, खस्कियो बजार

चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई वर्षयता रुद्राक्षको व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्ष खेति गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्।

सिमेन्ट ग्रेडिङ मस्यौदा गुणस्तर परिषद पठाइँदै

सिमेन्टको ग्रेड अनुसार गुणस्तर छुट्ट्याउन भनेर गुणस्तर मापदण्ड स्वीकृतिको लागि नेपाल गुणस्तर परिषदमा पठाउन लागिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिबाट गुणस्तर मापदण्ड पारित गरी परिषदमा पठाउन लागिएको हो।

सिक्टा नहरको गुणस्तर र पारदर्शितामा प्रधानमन्त्रीको चासो

नेपालगन्ज- प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पश्चिम नेपालका विभिन्न आयोजनाहरुको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालले बाँकेको अगैयास्थित निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मुल नहर निरिक्षण गर्दै आयोजनाको काममा कुनैपनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिए।

कराेडाैंकाे गुणस्तरहीन खाने तेल बेच्दै, ५–१० हजार जरिवानामा छुट्दै

म्याद गुज्रेको खाने तेललाई पुनः नयाँ प्याकेटमा राखेर बिक्री गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारी सीलबन्दी बारा प्रसाशनले सिलबन्दी गरेकाे नितनपुर चोकमा सञ्चालित कृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घ्यु उद्योगलाई विना कारवाही छोडिएको छ। २०७१ साउनमा उक्त तथ्य खुलेपछि प्रशासनको आदेशमा प्रहरीले उक्त उद्योग सीलबन्दी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्