२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गुणस्तरको विषय प्रस्तावमा परेन

नेपाल स्ट्यान्डर्ड (एनएस) लाई भारतमा मान्यता दिने विषय प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको एजेन्डामा नपर्ने भएको छ। दुई देशबीच स्ट्यान्डर्ड हार्मोनाइजेसन सम्बन्धमा 'स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्ट' विषयमा सहमति गर्ने भनिए पनि भ्रमणको एजेन्डामा भने पर्न सकेन।

कम गुणस्तरको सामान बिक्री गर्नेले उन्मुक्ति पाउँदै

एक वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले इटहरीको न्यु कोशी फुड्स प्रोडक्सन, बिमल भुजिया, मोर्डन पाउरोटीलगायतमा कम गुणस्तर भेटेपछि सुध्रन सचेत गर्यो।

चार उत्पादनको गुणस्तर इजाजत खारेज

गत आर्थिक वर्षमा १५ नयाँ उत्पादनले नेपाल गुणस्तर चिह्न (एनएस) पाउँदा ४ वटाको भने खारेज गरिएको छ। समयमा नवीकरण नगर्दा इजाजतपत्र खारेज गरिएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागको गत आर्थिक वर्षको तथ्यांक अनुसार १५ वटाले एनएस पाएका छन्।

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।

भारतीय फलामे डन्डी गुणस्तरहीन भेटिए

आयातित केही भारतीय कम्पनीका फलामे डन्डीहरू गुणस्तरहीन भएको फेला परेका छन्। गत आर्थिक वर्षमा भारतबाट आयात गरिएकामध्ये झन्डै १५ प्रतिशत फलामे डन्डी नेपाल गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएका हुन्।

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ।

करले गुणस्तर चिह्न

काठमाडौं-हरेक व्यवसायीले आफ्ना उत्पादन गुणस्तरीय भएको दाबी गर्ने गरे पनि गुणस्तर प्रमाणित गर्ने चिह्न (एनएस) भने उनीहरुले कारले मात्रै लिने गरेको देखिएको छ।

‘दलीय भागबण्डाका अाधारमा उपभोक्ता समिति बन्दा योजना गुणस्तरहीन’

जाजरकोट– लह गाविसको ठाडा खोलादेखि गाविस भवनसम्म जोड्ने सडक निर्माण सुरु भएको तीन महिना पुग्यो । सो अवधिमा निर्माण भएको सडकको अवस्था हेर्दा सडक बनाउने होइन, बिगारेको जस्तो देखिन्छ । निर्माण गरिएको सडकमा गाडी त परै जाओस, मान्छेलाई समेत हिँड्न मुस्किल छ ।

चाैतर्फी दबाबपछि बल्ल सरकारले बनायाे ग्यास सिलिन्डर गुणस्तर छानविन समिति

काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।

मूल्य बृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न पाल्पामा बजार अनुगमन

पाल्पा-संयुक्त बजार अनुगमन समितिले सदरमुकाम तानसेनसहित आसपासका बजारमा अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारीहरुले चर्को मूल्य वृिद्ध गरेको गुनासो उपभोक्ताले गरेपछि छड्के अनुगमन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्