८ वैशाख २०८१ शनिबार
अन्य

मूल्य बृद्धि र अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न पाल्पामा बजार अनुगमन

तानसेन बजारमा खाद्यान्न पसल अनुगमन गरिदै। तस्बिरः मुक्तिप्रसाद न्याैपाने/नागरिक

पाल्पा-संयुक्त बजार अनुगमन समितिले सदरमुकाम तानसेनसहित आसपासका बजारमा अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारीहरुले चर्को मूल्य वृिद्ध गरेको गुनासो उपभोक्ताले गरेपछि छड्के अनुगमन गरिएको हो।

बजेट भाषण पश्चात मूल्य वृद्धि बढाइएको गुनासो थियो। उपभोक्ताले बढी वस्तु सञ्चित गर्न थाले पछि बजारमा मूल्य बढेको हो। 
पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष मोहन श्रेष्ठका अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यमा एकरुपता ल्याउन र गुणस्तरहीन सामाग्रीको बिक्री रोक्न अनुगमन गरिएको हो। उनका अनुसार बजार अनुगमनका क्रममा अखाद्य बस्तु बिक्री वितरण समेत हुने गरेको भेटिएको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत टंकप्रसाद पाण्डे भन्छन्, ‘नयाँ व्यापारीहरु मध्ये अधिकांशले प्रक्रिया पूरा नै नगरी व्यवसाय सुरु गरेको पाइएको छ, उनीहरुलाई एक हप्ताभित्र कागजी प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौ।’ त्यस्तै अनुगमनकाक्रममा फेला परेका म्याद गुज्रेका अखाद्य वस्तु भेटेमा बरामद गरेर नष्ट गरिने उनले बताए।  

अनुगमनका क्रममा अनुमति नलिई व्यवसाय सञ्चालन गरेकाहरुका लागि ७ दिनभित्र अनुमति लिएर व्यवसाय गर्न, म्याद सकिएको सामाग्री बिक्रीबितरण नगर्न, मूल्य सूचि अनिवार्यरुपमा राख्न लगाइएको छ। उत्पादकको नाम, ठेगाना, उत्पादन मिति र मूल्य उल्लेख नभएको सामाग्रीको बेचबिखन नगर्न, व्यवसायीले आफ्नो पसल÷फर्मको साइनबोर्ड अनिवार्य रुपमा राख्न, नापतौल कार्यालयबाट प्रमाणित ढक तराजु मात्रै प्रयोगमा ल्याउनेबारे निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेले बताए।

अनुगमनकाक्रममा सुर्तीजन्य पदार्थलाई देखिनेगरि राख्न रोक लगाइएको छ। चाउचाउ, बिस्कुट, कोकाकोला, फ्रुटी, समोसा, भुजिया लगायतका सामानहरु म्याद गएको धेरै समय बितिसक्दा पनि बिक्रीका लागि पसलमै राख्ने गरेको फेला परेको बताइएको छ। यसरी नै बजार अनुगमन कार्यलाई कडाईकासाथ अगाडि बढाइने र बाँकी रहेका बजारहरुमा समेत अनुगमन गरिने घरेलु अधिकृत गैरेले बताए। 

अनुगमनकाक्रममा व्यापारीहरुलाई कर कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गराउन र बिल काटेर उपभोक्तालाई दिन सचेत गराईएको छ।
 

प्रकाशित: ७ असार २०७३ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App