४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेनाको डिपिआरमा काठमाडौं–तराईं मधेस द्रुत मार्ग

कहिले विदेशी त कहिले स्वदेशी ठेकेदार कम्पनीले निर्माण गर्ने भन्ने अन्योलमा रहँदै आएको काठमाडौं–तराईं–मधेस द्रुतमार्गको (फास्ट ट्रयाक) सुरुदेखि अन्तिमसम्मको निर्माण कार्य नेपाली सेनाले नै गर्ने भएको छ।

काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर सेनाले गर्ने ‌‌‌‍‍‍‍

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो।

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

उच्च रक्तचाप पहाडभन्दा तराईमा कम

अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि भारतको सितामढी जिल्ला संग जोडिएको महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एक सय ६ किलोमिटर सीमा ७२ घण्टा(तीन दिन)को लागि सिल गर्ने निर्णय भएको छ ।

एमाले तराई / मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई÷मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन्।  विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियोजन गरिएको जानकारी दिए।

माओवादी शीर्ष नेता तराईमा

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रका शीर्ष नेताहरु तराईमधेस झरेका छन्।  अध्यक्ष पुष्पकमल दाहाल चितवन हुँदै बारा पर्सा र रौतहटका कार्यक्रम भ्याएर पूर्वी तराईतर्फ लागेका छन् । शनिबार साँझ गढीमाई पुगेका अध्यक्ष दाहाल शनिबार बिहान रौतहटको चन्द्रनिगाहपुरमा नेताकार्यकर्ता भेटघाटमा व्यस्त भए ।

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट चिन्तित जनसंख्या विज्ञ सुष्मा तिवारी द्विवेदीले भनिन्, ‘तराईको मधेसी समुदायका लागि र समग्रमा समाज र राज्यकै लागि यो गम्भीर विषय हो, यसको सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भने चिन्तित हुने अवस्था छ ।’

तराईको विपद् व्यवस्थापनमा महानगरको ३९ लाख सहयोग

नेपालको तराई भूभागमा अविरल वर्षाका कारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ।

चुरे दोहनले ‘तराई डुबानमा’

सरकारले वर्षौंदेखि चुरे क्षेत्रमा सयौं संख्यामा क्रसर उद्योगहरूलाई अनुमति दियो। यसले गर्दा चुरे क्षेत्रको दोहन चरम रुपमा पुग्यो। वन क्षेत्र पनि मासिँदै गयो। राजनीतिक दलहरूले त्यही क्षेत्रमा लगेर बस्ती बसाले । चरिचरन त्यत्तिकै बढिरहेको छ। परिणाम, ‘चुरे विनास भयो।’

साँझदेखि मध्य र पश्चिम तराईमा थप भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आइतबार (आज) साँझदेखि मध्य र पश्चिमका तराई जिल्लाहरुमा थप भारी वर्षा हुनसक्ने जनाएको छ। पूर्वी क्षेत्रमा वर्षा हुनेक्रम विस्तारै कम हुँदै जाने र पश्चिमका तराईका जिल्लाहरु साँझ भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

तराईमा बाढीको कहर, हेर्नुस् १६ तस्बिर

अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। हेर्नुस् तस्बिरहरु।

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।

राजपाको आन्दोलनले तराईका मतदाता अन्यौलमा

राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन घोषणा गरेपछि मतदाता झनै अन्यौलमा परेका छन्। एकातिर संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नयाँ शक्ति लगायतका मधेसवादी दलहरुले जसरी चुनावलाई सफल बनाउनेतिर कार्यक्रमलाई अगाडि बढाएका छन्। छवटा पार्टी मिलेर बनेको राजपा नेपालले निर्वाचनलाई बिथाल्ने गरी कडा संघर्षको कार्यक्रम घोषणा गरेपछि मधेसवादी दलकै कार्यकर्ताबीच झडप हुने स्थिति बनेको छ।

अत्यधिक गर्मीले तराईको जनजीवन कष्टकर

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ। गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्