२० आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्लामा अत्याधिक चिसो, आगो बालेर गाडी स्टार्ट

जुम्लामा अत्याधिक चिसो बढेको छ। गत मंसिर अन्तिम साता परेको भारी हिमपातका अत्याधिक चिसो बढेको हो। चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ। नदीबाहेक सानातिना खोलामा पानी बग्न छाडेको छ। खोलामा बरफ जमेको छ। खोलाको पानी प्रयोग गर्न नमिल्ने गरि बरफ जमेको स्थानीय बताउँछन्।

शनिबार भैरहवामा यस वर्षकै न्यून तापक्रम

विगत केही दिनदेखि बढेको चिसो र शितलहरले भैरहवासहित अधिकांश तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ। शनिबारदेखि बढेको चिसोसँगै बिहान साँझ बाक्लो हुस्सु दिनभरि कुहिरो र हावाले दैनिक काम प्रभावित हुन थालेको छ। चिसो हावाले न्यून मात्रामा नागरिकहरु घरबाहिर निस्केका छन्।

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।

चिसोले बालबालिका प्रभावित

दिनहुँ चिसोसँगै बढेको सितलहरले बिपन्न समुदायका बालबालिका प्रभावित भएका छन्। केहीदिनदेखि बाँकेमा घाम लाग्न सकेको छैन। चिसोबाट यहाँका ईट्टा उद्योगमा रहेका बालबालिकाहरु बढी प्रभावित भएका हुन्। चिसोका कारण ईट्टा उद्योगमा रहेका बालबालिकामा रुघाखोकी, निमोनिया जस्ता समस्या देखिएको हो।

चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

रुपन्देहीमा बिगत चार दिनदेखि चिसो ह्वात्तै बढेको छ। घाम देखिएको छैन। बाक्लो हुस्सु र शीतलहर परेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन्।

दैनिक हजारजना अस्पतालमा

वृद्धहरुमा दमले श्वास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने र बालबालिकामा रोटाभाइरल पखाला, निमोनियालगायतका समस्याले जटिल रुप लिइरहेको छ। चिसोको कारण भाइरलबाट सुरु भएको संक्रमणको समयमै उपचार नहुँदा निमोनियाको रुप लिएर सकस झेलिरहेका बिरामीको संख्या उल्लेख्य छ।

चिसो बढेपछि सर्वसाधारणका लागि आगोको व्यवस्था

चिसो बढेपछि सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रवारदेखि आगोको व्यवस्था गरेको छ।

चिसोले बिरामी बढे

चिसो बढेपछि अस्पतालमा रुगाखोकी र निमोनियाका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ।

चिसोले जनजीवन कष्टकर

चिसो बढेपछि नेपालगन्ज क्षेत्रको जनजीवन कष्टकर बनेको छ। गत मंसिर महिनाभर जाडोको खासै अनुभुती नभएपनि पुस महिना सुरु भए लगत्तै मंगलबारबाट सितलहरसँगै चिसो बढेको हो।

बर्षाले हिमपात, लेक क्षेत्रमा अत्यधिक चिसो

शुक्रबार बिहानदेखिको २४ घण्टे बर्षासँगै जिल्लाको उच्च लेक क्षेत्रमा केही वर्ष यताकै बाक्लो हिमपात भएको छ। बर्षा र हिमपातका कारण ती क्षेत्रमा अत्यधिक चिसो बढेसँगै जनजीवनसमेत प्रभावित बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारणहरु मारमा परेका छन्।

विद्यालय बन्द, चिसोले जनजीवन कष्टकर

जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात सुरु भएको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा नै हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। हिमपात सुरुभएसँगै जिल्लामा चिसो बढेको छ।

हिमपात र चिसोबाट जोगिन विपतको तयारी

हिमाली जिल्ला डोल्पामा चिसो बढेसँगै हिमपात र चिसोबाट नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

उत्तरी हुम्लामा बिहीबार राति बाक्लो हिमपात भएको छ। हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित बनेको छ। यहाँ चिसो अत्यधिक बढेपछि स्थानीय प्रभावित बनेक छन्। जिल्ला सदरमुकाम सिमकोटमा समेत हिउँ जम्न सुरु भएको छ।

पश्चिमी वायुका कारण चिसो हवात्तै बढ्न सम्भावना

आइतबारदेखि मधुरो घाम लागेर चिसोको महसुस भइरहेको बेला चिसो अझै बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनयता उपत्यकालगायत देशभर चिसो बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्