२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिसोले बालबालिका प्रभावित

नेपालगन्जको किसान ईट्टा उद्योगमा रहेका बालबालिका। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज - दिनहुँ चिसोसँगै बढेको सितलहरले बिपन्न समुदायका बालबालिका प्रभावित भएका छन्। केहीदिनदेखि बाँकेमा घाम लाग्न सकेको छैन। चिसोबाट यहाँका ईट्टा उद्योगमा रहेका बालबालिकाहरु बढी प्रभावित भएका हुन्। चिसोका कारण ईट्टा उद्योगमा रहेका बालबालिकामा रुघाखोकी, निमोनिया जस्ता समस्या देखिएको हो।

यहाँका अधिकांस ईट्टा उद्योगमा भारतीय मजदुरहरु आफ्ना बाल बच्चासहित बस्छन्। शरिर ढाक्ने न्यानो कपडा नहुँदा बालबालिकाको अवस्था दयनीय बनेको छ। अभिभावकहरु दिनभर ईट्टा बनाउने काम गर्छन्, भने बालबालिका चिसोमा कठ्यांग्रिदै दिन बिताउन बाध्य भइरहेका छन्। किसान ईट्टा उद्योगका मजदुर आरिफ सल्मानीले चिसोले बाल बच्चालाई जोगाउनै समस्या भएको बताए। ‘हाम्रा बच्चाहरु दिनभरी चिसोमै खेल्छन्, शरिर न्यायो राख्ने कपडा छैन,’ उनले भने ‘मजदुरी गर्न आएका छौं, बच्चालाई कसरी चिसोबाट जोगाउने भन्ने चिन्ता छ।’

सल्मानी श्रीमती, एक छोरा र एक छोरीसहित भारतको सितापुरबाट ईट्टा उद्योगमा काम गर्न आएका हुन्। उक्त उद्योगमा मात्र करिव ४० जना बालबालिका रहेको उनले जानकारी दिए। अधिकांश बालबालिका जाडोले कठ्यांग्रिएर बिरामी पर्ने गरेको बताए। यस्ता थुप्रै ईट्टा उद्योगमा बालबालिकाहरु चिसोबाट प्रभावित भएको बताइएको छ। अधिकांस उद्योगमा अभिभावकसँगै आएका बालबालिका बिद्यालय बाहिर रहेका छन्। उद्योगका अनुसार बालबालिकाहरु दिनभर आफ्ना अभिभावकसँगै माटोमा खेल्ने गर्छन्।

प्रकाशित: १२ पुस २०७६ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App