७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

किन बढ्दैछ मानव–हात्तीबीच द्वन्द्व? एक वर्षमा १२ को मृत्यु,१३ जना अङ्गभङ्ग

जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।

हात्तीले सुँढमा बेरेर पछारेपछि...

सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्‍यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्‍याए।

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

चितवनमा हात्तीको आक्रमणबाट ७८ बर्षीया वृद्धाको मृत्यु

शनिबार राति साढे ८ बजेको समयमा घरमा आगो ताप्ने क्रममा हात्ती आएर आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मंगलबार मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै

वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो।

रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

बैठाको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड्याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेल रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

फोटो खिच्न खोज्दा जंगली हात्तीको आक्रमणबाट मृत्यु

मोरङको सुनबर्षी नगरपालिकामा शुक्रबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।

बर्दियामा जंगली हात्तीको आक्रमणः सेनाले घेरेर बचाए वार्डेन

सोमबार राती ९ बजे घर बाहिर बसिरहेकी गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकलाई जंगली हात्तीले कुल्चेर मार्‍यो। चन्द्रा विक सँगै रहेकी तीन वर्षीय छोरी दिपा उछिट्टिएर सख्त घाइते भइन्। घटनास्थल पुगेको प्रहरीले तत्काल घटनास्थलदेखि ३० मिटर सुडमा बाँधेर राखेको शव नियन्त्रणमा लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्