२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा हात्तीको आक्रमणबाट ७८ बर्षीया वृद्धाको मृत्यु

फाइल तस्बिर।

चितवनमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। गएराति भरतपुर २८ अन्द्रौलीकी ७८ बर्षीया भागिरथी सुवेदीको मृत्यु भएको हो। 

शनिबार राति साढे ८ बजेको समयमा घरमा आगो ताप्ने क्रममा हात्ती आएर आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १०ः२५ बजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सो हात्तीले भरतपुर २८ कै भरत गौतमको गोदाममा राखिएको धानमा समेत क्षती पुर्‍याएको स्थानीयले बताएका छन्। पछिल्लो समय निकुञ्ज आसपास क्षेत्रमा जंगली हात्ती देखिन थालेको छ। घरपालुवा हात्तीसँग सहवासका लागि जंगली बस्ती क्षेत्रमा जंगली हात्ती आउने गर्दछ। सो क्रममा हात्तीले मानिसलाई आक्रमण गर्दै आएको छ।

प्रकाशित: ३ पुस २०७९ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App