१० मंसिर २०८१ सोमबार
image/svg+xml

मानवअधिकार आयोगमा सांसद र पूर्वआइजीपीको उजुरी, डा. भट्टराईले फसाउन खोजे

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफुहरुलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ।

बेपत्ता पत्रकारको उजुरी नै गायब

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका ३२ वटा उजुरी उजुरीकर्ताको सहमतिबिना कसरी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिइयो भन्ने प्रस्ट जवाफ कोहीसँग छैन। सुरक्षा र गोपनीयताको ग्यारेन्टी गर्दै उजुरी मागेको आयोगले उजुरीकर्तालाई जानकारी नदिएर यताउति गराएको विषय आफैंमा गम्भीर हो।

प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आव्हान

सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

ठगीको आरोपमा बाबुछोराविरुद्ध उजुरी

रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा सप्तरीका दुईजनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।

अनमोलविरुद्ध ठगीको उजुरी

अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध पाँच लाख रूपैयाँ ठगी गरेको अभियोगमा उजुरी परेको हो।

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ।

अख्तियारमा स्थानीय तहका उजुरी बढी

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहका भ्रष्टाचार उजुरी दर्तामा बैतडी प्रदेशमै तेस्रो नम्बरमा देखिएको छ। स्थानीय तहका आर्थिक अनियमितताका उजुरी दर्तामा कैलाली, कञ्चनपुरपछि तेस्रो नम्बरमा बैतडी रहेको अख्तियार दुरपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

पाष्टर जोशीविरुद्ध ठगी उजुरी

ललितपुरको कुसुन्तीमा आशा विश्वासी मण्डली नामक चर्च सञ्चालन गर्दै आएका पाष्टर विश्वाश जोशी भन्ने ध्रुवबाबु जोशी महिलामाथि ‘यौन शोषण’ गरेको आरोपमा पक्राउ परेपछि पाँच जनाभन्दा बढीले उनीमाथि आर्थिक ठगी गरेकोभन्दै जाहेरी दर्ता गराएका छन्।

सिंहविरुद्ध पंजीयारको उजुरी

राष्ट्रिय जनता पार्टी(राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट राष्ट्रियसभा सदस्यका उम्मेदबार शेखरप्रसाद सिंहविरुद्ध उजुरी दर्ता भएको छ।

आस्था राउतमाथि प्रहरीमा उजुरी

गायिका आस्था राउतमाथि प्रहरीमा उजुरी परेको छ। ड्युटीको क्रममा राउतले अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी हुन्।

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन्। बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन्।

उजुरी पर्दैमा भ्रष्टाचार भएको मान्नु हुँदैन:मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियारमा उजुरी पर्नासाथ भ्रष्टाचार भएको मान्न नहुने बताएका छन्। उनले अख्तियारमा उजुरी पर्ने बित्तिकै बर्बाद भयो भन्ने मानसिकता विकसीत हुँदै गएकाले असल काम गर्दा अख्तियारले संरक्षण गर्छ भन्ने सन्देश पनि दिनुपर्ने बताए।

नामका अगाडि डाक्टर नलेखेकाे भन्दै समितिमा उजुरी

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारीका लागि सिफारिस इच्छुक व्यक्तिहरूविरुद्ध नामका अगाडि उपाधि नदिएको, पुराना पदाधिकारीको झै–झगडाका कारण काम नभएका जस्ता उजुरी परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्