९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सिंहविरुद्ध पंजीयारको उजुरी

लहान – राष्ट्रिय जनता पार्टी(राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट राष्ट्रियसभा सदस्यका उम्मेदबार शेखरप्रसाद सिंहविरुद्ध उजुरी दर्ता भएको छ। सिंहको उम्मेदवारी खारेजीका लागि नेपाली कांग्रस र समाजवादी फोरमबाट राष्ट्रियसभा सदस्यका उम्मेदबार भोला पंजीयारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन।

सिंह फौजदारी अभियोगमा दोषी ठहर भएकोले पंजीयारले उनको उम्मेदवारी खारेजीको माग गर्दै सोमबार निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा उजुरी दर्ता गराएको बताए। सिंह र उजुरीकर्ता पंजीयार दुवै अल्पसंख्यक समूहबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार छन्। राजपाका उम्मेदवार सिंहलाई सप्तरी जिल्ला अदालतले २०४४ असार ३० मा कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। जिल्ला अदालतले गरेको फैसला तत्कालीन सगरमाथा अञ्चल अदालतबाट समेत सदर भइसकेको उजुरीमा सर्वोच्च अदालतको पूर्ण इजलासले समेत २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने आदेश दिइसकेको उजुरीमा उल्लेख छ।

राष्ट्रियसभा सदस्यको उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थाको दफा १२ मा ‘कैदमा बसेको अवधिभर उम्मेदवार हुन नपाउने’ उल्लेख छ।

तर अदालतको फैसलाले कैद भुक्तान नगरी सिंह उम्मेदवार बन्न नपाउने जिकिर सहित पंजीयारले उजुरीमा उल्लेख गरेको छ। अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भइसकेका व्यक्ति अदालतको फैसलाअनुसार कैद भुक्तान नगरेसम्म उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्थाअनुसार सिंहको उम्मेदबवारी खारेज हुनुपर्ने पंजीयारको जिकिर छ।

प्रकाशित: ७ माघ २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App