१० मंसिर २०८१ सोमबार
image/svg+xml

व्यवसायी भन्छन्ः अल्ट्रालाइट उडानको विकल्प देउ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटएयर बेलुनको उडान अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै के हुने भन्ने अन्योलमा छ ।

४४ लाख खोप लिन जहाज चीन जाँदै

सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ। खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ।

पानी जहाज कार्यालय: काम नै नगरी एक वर्षमै पौने एक करोड खर्च

पानी जहाज कार्यालयले पानी जहाज खरिद गर्न परै जाओस्, कार्यालयका कर्मचारीका लागि दुईवटा सुविधा सम्पन्न गाडी खरिद गरेको छ। गत वर्षमा पानी जहाज कार्यालयले दुईवटा गाडी खरिद गर्न एक करोड ४३ लाख ८८ हजार रूपैयाँ खर्च गरेको थियो ।

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।

‘बलेवामा हवाईजहाज सरर...’

विसं २०१९ देखि यहाँ उडान सुरु भई नियमित रहेकामा विसं २०४८ मा पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग सञ्चालनमा आएपछि बन्द भयो। त्यतिबेला यहाँबाट पोखरा, भैरहवा, काठमाडौँ र जोमसोमको उडान हुन्थ्यो। सडक पुगेपछि जिल्लाबाट पोखरा र काठमाडौँको यात्रा सडकबाटै सम्भव भएपछि विमान बन्द भएको हो।

निगमको एक उडान शवका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ।

निगमका जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ।

जहाज उडानमा बारम्बार लापरवाहीः हङकङमा जहाज दुर्घटनानजिक पुगेको घटना गुपचुप

आफ्नै बाबुको लापरबाहीले भएको घटना अनुसन्धान गर्न अपरेसन डाइरेक्टरले एक समिति गठन गरे। तर घटना गुपचुप गराउने उद्देश्यले समितिमा सिनियर पाइलटलाई सहभागी गराइएको छैन।

द्वन्द्वकालमा बन्द भएको टिकापुर विमानस्थल अझै सञ्चालनमा आएन

देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा पर्‍यो। त्यहाँ सयौँ घरटहरा बने। अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो। विमानस्थल खाली भयो। विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए।

अक्सिजन लिन निगमको जहाज पुनः चीन जाने

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन निगमको जहाज चीनको राजधानी बेइजिङ जान लागेको हो।

२० हजार अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ। चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ।

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन्। उनी यही चैत ९ र १० (भोलि र पर्सी) गते त्यहाँको राजकीय भ्रमणका लागि जाँदै छिन्।

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्