२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

४४ लाख खोप लिन जहाज चीन जाँदै

सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ। खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए। सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए। उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ।  

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ। रासस

प्रकाशित: ३१ भाद्र २०७८ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App