८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अक्सिजन लिन निगमको जहाज पुनः चीन जाने

वैशाख २८ गते चीनबाट ४०० थान अक्सिजन सिलिन्डर ल्याएको नेपाल वायुसेवा निगमको जहाज अक्सिजन लगायत स्वास्थ्य सामग्री लिन पुनः चीन जाने भएको छ।  

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा बाँकी एक हजार ६०० अक्सिजन सिलिन्डर लिन निगमको जहाज चीनको राजधानी बेइजिङ जान लागेको हो। निगमका अनुसार निगमको वाइडबडी जहाज ए–३३० उडान नम्बर आरए ४२५१ रित्ता अक्सिजन सिलिन्डर लिन मे १५, १६, १७ र १८ मा बेइजिङ जाने तय भएको हो। काठमाडौं–बेइजिङ उडान ५ः४५ घन्टाको हुनेछ।  

निगमका अनुसार चीन सरकारले उपलब्ध गराउने दुई हजार अक्सिजन सिलिन्डरसहित चीनमस्थित नेपाली एनआरएन आइसिसीले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङ्सी ग्रुपले २७ थान र करुणा फाउन्डेसनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल ल्याउन निगमको जहाज त्यसतर्फ जान लागेको हो। निगमको जहाजले यसअघि चीनबाट ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याइसकेको छ। 

प्रकाशित: ३१ वैशाख २०७८ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App