१७ असार २०८१ सोमबार
image/svg+xml

सङ्घीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०ः१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक हुने भएको छ। प्रतिनिधि सभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो।

अधिवेशनसँगको अपेक्षा

देशको अर्थतन्त्रमा संकुचन छ, विकास निर्माणका कामले गति लिएको छैन, सुशासन कायम हुन पाएनजस्ता अनेकन समस्या देशमा छन्। त्यसैले पनि संसदीय व्यवस्था अपनाएका मुलुकमा संसद् अधिवेशन विशेष चर्चालायक हुने गर्छ।

संसदको हिउँदे अधिवेशन आजदेखि, के-के छन् कार्यसूचीमा?

सचिवालयका अनुसार राष्ट्रिय सभामा भने पहिलो बैठकमै संसदीय दलका नेता र प्रमुख सचेतकहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन्।

अरुको साथ लिनेभन्दा एक्लै जाने र विरोध गर्ने प्रवृत्ति देखियो: सभामुख

सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन्।

‘सरकारी कर्मचारीले छोराछोरीलाई सरकारीमै पढाउनुपर्छ’

विद्यार्थी संघसंगठनहरूले सरकारी कोषबाट पारिश्रमिकलगायत सेवा, सुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने कानुनी व्यवस्था गर्न माग गरेका छन्।

‘चिनियाँ लगानीको बिजुलीमा भारतको रिजर्भेसन छ’

उनले भारतले चीनबाट नेपालमा उत्पादित बिजुलीप्रति चासो भने राख्ने गरेको तर त्यसको समाधानका लागि नेपाल–भारतबीच संवाद भइरहेको स्पष्ट पारे।

२० करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’

प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए।

सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)

पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

सांसदको भूमिका 'फेल' र 'पास'मा सिमित: सांसद गौतम (अन्तर्वार्ता)

प्रतिनिधि सभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।

खानी सञ्चालनको दाउमा हेटौँडा सिमेन्ट बन्द गराउन लागे निजी उद्योगी: बर्तौला

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मङ्गलवार यस्तो आरोप लगाएका हुन्।

सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री

समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्