१९ असार २०८१ बुधबार
image/svg+xml

पोषण र सरसफाईका लागि सुत्केरीलाई उपाध्यक्षको कोसेली

जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।

जिरीको आकर्षक कोसेली

दोलखाको पर्यटकीय नगरी जिरी घुम्नेहरू फर्कने बेलामा आफन्तका लागि कोसेली भनेर कि त चिज किन्छन् कि छुर्पी। पछिल्लो समय जिरीको आकर्षक कोसेली बन्दै गएको छ–शुषमा हयाण्डिक्राफ्टका उत्पादन पनि।

सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’

पर्वत महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ।

पुष्कर अंकलको कोसेली

सबैले घेरेको त्यो मान्छे को हो बाबा ? – पुष्कर अंकल। – पुष्कर अंकल भनेको को बाबा ? – साइकलको हिरो। मान्छे साइकल चढेर हिरो हुन्छ हो बाबा ? – होइन। – अनि किन हिरो भनेको त ? – उहाँले साइकल चढेर विश्व भ्रमण गर्नु भयो। उहाँबाहेक अरू कोही नेपालीले त्यस्तो गर्न सकेको छैन। उहाँले सगरमाथा पनि चढिसक्नुभयो। ‘संसारलाई साढे पाँच फन्को’ भन्ने किताब लेख्नुभएको छ। उहाँले अरू धेरै काम गर्नुभएको छ। यसरी राम्रो र साहसी काम गर्ने मान्छेलाई हिरो भन्छन्। – अनि झगडा भएर मान्छेहरूले उहाँलाई घेरेको हो, बाबा ? – होइन उहाँसँग गफ गरेको, उहाँको कुरा सुनेको।

देवशमशेर सम्बन्धी अशुद्धि

विसं ०७६ वैशाख ७ को कान्तिपुर कोसेलीमा छापिएको यादव भट्टराईको ‘विवेक विरोधी पाठशाला’मा विसं १९५८ असार १० मा आफ्नै सहोदर दाज्यू देवशमशेरलाई जमल सेतो दरबारमा पाता फर्काएर कुर्सीमा बाँधी कोठामा कैद गरेर सत्तामा उदाएका चन्द्र शमशेरलाई बस्न फराकिलो दरबार चाहिएको थियो भनी लेखिएको छ। विसं १९५८ असार १० गते देवशमशेर पदच्युत भएका हुन् भनी यहाँ लेखिएको छ।

नियमित गर्भ जाँच गराउने गर्मवतीसँग ‘कोसेली भेट’

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नियमित गर्भ जाँच गराएका गर्मवती महिलासँग ‘कोसेली भेट’ कार्यक्रम गरेको छ। स्वास्थ्यकर्र्मीको सल्लाह अनुशार नियमित चार पटक गर्भ जाँच गराएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६० जना गर्भवती महिलासँग नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम गरेको हो।

गाउँको कोसेली

‘टिनिन्न ... ’ घन्टी बज्छ। आफ्नै सुरमा कोठामा गृहकार्य गरिरहेकी शिवानी घन्टीको आवाज सुनेर झसङ्ग हुन्छे अनि किताब–कापी त्यहीँ छोडी टाठ्ठिएर बाहिर निस्कन्छे । बाहिर गाउँबाट आएका उसका मामा रहेछन् ।

कोसेलीको बदलिँदो ट्रेन्ड

हिमालयको देश नेपाल घुम्न आउने पर्यटकहरु मिठो सम्झनासँगै केही न केही कोसेली लिएर फर्कन्छन् । नेपालबाट बाहिरिने कोसेलीमा खानेकुरा भन्दा सजाउने र दैनिक जीवनमा प्रयोग हुने सामान बढी हुन्छ । जस्तो कि कलात्मक भाँडावर्तन, कपडा, खुकुरी आदि।

पोखरासँग छैन ‘कोसेली’

पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सम्झनाको चिनो वा कोसेली के लैजान्छन् ? व्यवसायी भन्छन्, ‘माछापुच्छेको छाँया फेवातालमा परेको दृश्य देखिने तस्बिर मात्र ।’ त्यसबाहेक यहाँ कुनै त्यस्तो विशेष उत्पादन वा ब्रान्ड छैन, जसले पोखरालाई चिनाउँछ । पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाए पनि उत्पादन क्षेत्रमा पोखराले अहिले सबै पाहुनाको कोसेली हुने विशेष उत्पादन दिन नसकेको व्यवसायीको भनाइ छ । भएका पुराना उत्पादनलाई निरन्तरता दिन नसक्दा अहिले पोखराले कोसेलीमा पहिचान गुमाएको व्यावसायी बताउँछन् ।

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन गर्ने क्रम पछिल्लो समयमा बढिरहँदा यसपटकको तिहारमा यी दुई फिल्म प्रदर्शन हुन लागेका हुन् ।

कोसेली बन्यो संविधान झल्किने सिक्का

नेपालको संविधान झल्किने सिक्का कोसेलीको रुपमा प्रयोग हुँदै आएको छ। नगद र वस्तु उपहार दिनुभन्दा सधैंका लागि सम्झना हुने नयाँ संविधान अंकित सिक्का कोसेलीको रुपमा दिने चलन बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्