२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’

पर्वतः महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ। स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको हो।

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा अध्यक्षले कोसेली बोकेर जाने गरी कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।  महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ् सेन्टर स्थापना गरिएका छन्।

सो कार्यक्रमअन्तर्गत एकजना सुत्केरीलाई दुई हजार रुपैयाँ बराबरका घ्यू र कुखुरा दिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: २० असार २०७६ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App