२२ असार २०८१ शनिबार
image/svg+xml
अन्य

पुष्कर अंकलको कोसेली

सुयोगमानसिंह बस्न्यात,
कक्षा –३, नव अरुणिमा सेकेन्डरी स्कुल,
आरुबारी, काठमाडौं

सबैले घेरेको त्यो मान्छे को हो बाबा ? – पुष्कर अंकल। – पुष्कर अंकल भनेको को बाबा ? – साइकलको हिरो। मान्छे साइकल चढेर हिरो हुन्छ हो बाबा ? – होइन। – अनि किन हिरो भनेको त ? – उहाँले साइकल चढेर विश्व भ्रमण गर्नु भयो। उहाँबाहेक अरू कोही नेपालीले त्यस्तो गर्न सकेको छैन। उहाँले सगरमाथा पनि चढिसक्नुभयो। ‘संसारलाई साढे पाँच फन्को’ भन्ने किताब लेख्नुभएको छ। उहाँले अरू धेरै काम गर्नुभएको छ। यसरी राम्रो र साहसी काम गर्ने मान्छेलाई हिरो भन्छन्। – अनि झगडा भएर मान्छेहरूले उहाँलाई घेरेको हो, बाबा ? – होइन उहाँसँग गफ गरेको, उहाँको कुरा सुनेको।

विसं २०७२ सालको भुँइचालोपछि सुरु हुन लागेको ‘सम्पदा साइकल यात्राको’ क्रममा वसन्तपुरमा म र बाबाबीचको कुराकानी हो यो। त्यतिबेला मध्य असारबाट म ६ वर्ष लाग्दै थिएँ। त्यो मेरो पहिलो साइकलयात्रा थियो। जहाँ मैले पुष्कर अंकललाई पहिलो चोटि भेटेको थिएँ।

भुइँचालोपछि म धेरै डराउन थालेँ। दिउँसो पनि मलाई साथी चाहिने भयो। म त्यसरी डराएको देखेर देवेन्द्र ठूलो बाबाले ‘वसन्तपुरबाट २०७२ असार १९ गते साइकल -याली हुँदै छ। सुयोगलाई त्यहाँ लग्यो भने मन बहलाउँछ। साइकल  र मान्छेको भिड देखेर रमाउँछ। यसरी यताउता घुमाउँदा विस्तारै डर  पनि हराउला’ भन्नुभयो। घरका सबैले ठूलो बाबाको कुरालाई ठिक हो’ भन्नु भयो।’ नभन्दै बाबाले मलाई साइकल यात्राको दिन वसन्तपुर लिएर जानुभयो। पहिलो पटक त्यति धेरै मान्छे र साइकल देख्दा मलाई अचम्म लाग्यो। अझ सबैले एकै खाले गन्जी लगाएर हार मिलेर बसेको देख्दा हाम्रो विद्यालयमा सबैले डे«स लगाएर राष्ट्रगान गाउन उभिएको लाम जस्तो अनौठो मानेर हेर्दे थिएँ। जब म पनि त्यस्तै गन्जी लगाएर लाममा बसँे तब सबैले अचम्म मानेर मलाई हेर्न थाले। केही बेरपछि यात्रा सुरु भयो। मैले पनि साइकल चढेँ। केही पर पुगेपछि बाबाले मलाई फर्काउन खोज्नुभयो। म मानिनँ। स्वयम्भूमा पुगेपछि पुष्कर अंकल, ठूलोबाबा लगायतका व्यक्तिसँगै मलाई राखेर बाबाले फोटो खिचिदिनु भयो। एक ठाउँमा पुष्कर अंकलले मसँगै केहीबेर साइकल चढ्नु भयो। त्यो देखेर धेरैले हाम्रो फोटो खिचे। त्यो सम्झिदा अहिले पनि म दङ्ग पर्छु।

त्यसपछि म थाहा पाएसम्म साइकलयात्रामा भाग लिन थालेँ। प्रायः साइकल यात्राको क्रममा पुष्कर अंकलसँग भेट भइरहन्थ्यो। उहाँले भेट हुँदा ‘सुयोग’ भनेर हात मिलाउने गर्नु हुन्थ्यो। मलाई भने कुरै नआउने (अहिले पनि आउँदैन) के भन्नेभन्ने हुन्थ्यो ? नमस्ते अंकल भनेपछि कुरै सकिने। नबोले पनि किन हो कुन्नि उहाँलाई देख्दा त्यसै खुसी लाग्थ्यो। पछिपछि साइकलयात्रामा जाँदा उहाँ देखिनु हुन्छ कि भनेर भिडमा यताउता हेरिरहन्थे। कतै देखे खुसी हुँदै ‘ऊ पुष्कर अंकल’ भनेर बाबालाई देखाउँथे।  बाबाले उहाँसँगै राखेर फोटो खिचिदिनु हुन्थ्यो।

यसपल्टको खोकनाको साइकलयात्रामा उहाँ पोखरा जानु भएछ। यात्रा रमाइलो थियो तर पनि अलि खल्लो लाग्यो। त्यसपछि उहाँ विदेस जानु भएछ। त्यो थाहा पाएर बेलाबेलामा बाबालाई सोध्ने गर्थे, ‘अब पुष्कर अंकल नेपाल कहिले आउने रे ?’ – खोई कहिले आउनु हुन्छ ? मलाई थाहा छैन। मलाई  नियाँस्रो लाग्थ्यो, ‘पुष्कर अंकललाई  किन  विदेश किन जानु प¥या होला ?’

पोहोर ‘साइड टु सिन्धुली २०१७’ मा बाबा मलाई नलिई आफू मात्रै साइकलयात्रामा जानु भयो। म बाबासँग बोलिन। बाबाले ‘अब हुने राइट टु सिन्धुली –२०१८ लान्छु’ भनेपछि मात्र म बाबासँग बोले। यात्राको क्रममा खुर्काेटमा ‘पुष्कर अंकलले मादल र गितार बजाएर लोकगीत गाएको, साइकल चढ्नेहरू नाचेको र माउथ हार्मोनियम बजाएर रमाइलो गरेको’ कुरा सुन्दा मैले यसपाला पोहोरको जस्तो पुष्कर अंकलको साथमा रमाइलो गर्ने सपना देखेको थिएँ। तर मेरो सपना पूरा भएन।  मलाई उहाँ हुँदा जस्तो  रमाइलोे लागेन।  मलाई जस्तो अरू धेरैलाई खल्लै लागेछ।

गत हप्ता अचानक पुष्कर अंकलले बाबासँग अनलाइनमा कुरा गर्नु भएछ। कुरैकुरामा सुयोगको लागि अष्ट्रेलियाबाट साइक्लिङ जर्सी ल्याएको छु। म नारायणघाट जाँदै छु पर्सितिर फर्किन्छु। अनि भेटौंला’ भन्नु भएछ। बाबाले उक्त कुरा सुनाएपछि म धेरै खुसी  भएँ। पुष्कर अंकल नारायणघाटबाट फर्किनु भएपछि गत पुस २७ गते पृथ्वीजयन्तीको दिन दिउँसो झम्सिखेलको अरुण थापा चोकस्थित उहाँको निवासमा दिउँसो ३ बजे भेट्ने कुरा भयो। हामी त्यहाँ गयौं। उहाँले २ वटा रातो र कालोमा अलिअलि रातो भएको जर्सीमध्ये कुन मन पर्छ भनेर छान्न लगाउनु भयो। मैले कालोवाला छानेँ। यसरी अष्ट्रेलियाबाट कोसेलीस्वरूप ल्याउनु भएको साइकलको जर्सीको ट्याग निकालेर आफ्नै हातले मलाई लगाइदिनु भयो। मेरो खुसीको सीमा रहेन।

हुन त २०७२ को कोरा काठमाडौको बेला मेरो साइकलमा रातो रंगको बेलुन फुकेर आफैले बाँधिदिनु भएको सम्झना आलै छ। त्यसै गरी २०७२ कै पेडल फर एजुकेसन’ मा उहाँले मलाई जर्नी फर पिस लेखेको उहाँको विश्व यात्रा गर्दा घुमेको फोटो छापिएको कप दिनुभएको थियो। त्यसै गरी २०१६ को कोरा काठमाडौमा आफूले लगाइरहनु भएको पुतली आकारको कागजको मास्क फुकालेर मलाई लगाइदिनु भएको थियो। उहाँ  र मबीच साइकलले गाँसिदिएको नाताबााहेक अरू केही पनि छैन। उहाँबाट यति थोरै समयमा यति धेरै चीज प्राप्त गर्ने भाग्यमानी सायद म मात्रै हुँला।

त्यस दिन ‘अन्नपूर्ण पोष्ट’ले उहाँको अन्तर्वांर्ता लिने कार्यक्रम रहेछ। उहाँले हामीलाई खाजा पनि खुवाउनु भयो। खाजा खाँदै उहाँको अन्तर्वार्ता पनि सुने ÷हेरे। अन्त्यमा उहाँले ल्याइदिनु भएको कोसेली लगाएर घर फर्किएँ। धन्यवादबाहेक उहाँलाई दिने मसँग केही पनि छैन। त्यसैले उहाँलाई मुरीमुरी धन्यवाद !  

 

प्रकाशित: ७ असार २०७६ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App