१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जिरीको आकर्षक कोसेली

दोलखाको पर्यटकीय नगरी जिरी घुम्नेहरू फर्कने बेलामा आफन्तका लागि कोसेली भनेर कि त चिज किन्छन् कि छुर्पी। पछिल्लो समय जिरीको आकर्षक कोसेली बन्दै गएको छ–शुषमा हयाण्डिक्राफ्टका उत्पादन पनि।  

जिरीकी सृजनशील युवा शुषमा श्रेष्ठले नेपाली कागजबाट बनाएका डायरी, नेकलेस, फूलदानी, टोपी, झोला, पर्स लगायत कलात्मक सामान चिटिक्क छन्। तिनको मोल ७५ रुपैयाँदेखि हजार रुपैयाँसम्म पर्छ। उनका उत्पादनको बजार जिरी, काठमाडौं र विदेश हो।

उनी युवा माझ प्रेरणाकी श्रोत बनेकी छिन्। नमुना उद्यमीका रुपमा स्थापित श्रेष्ठ विसं २०६८ देखि हस्तकलामा होमिएकी। उद्योग वाणिज्य संघ जिरीले आयोजना गरेको १५ दिने तालिममा सहभागी भएपछि उनी नेपाली कागजमा आफ्नो सिप पोख्न थालिन्। उनी विभिन्न पार्टि तथा शुभकार्यमा लगाउन कागजका लुगाको पनि डिजाइन गर्न खप्पिस छन्। 

उनी सहित २० जनाले तालिम लिएका थिए। तर, उनी मात्र कलामा समर्पित भइन्। र, अन्ततः दोलखाकै तारा बनिन्। भन्छिन्, ‘हस्तकलामै जिवन समर्पण गर्न चाहन्छु।’

प्रकाशित: १२ कार्तिक २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App