२ मंसिर २०८१ आइतबार
image/svg+xml

सूचना केन्द्रमा २०११ को प्रचार सामाग्री, मुल बाटो थुनेर स्वागत गेट

सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया भए पनि भ्रमण वर्षको सन्दर्भमा कुनै तयारी गरिएको छैन। प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र केन्द्रीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० सुरुवात भए पनि प्रवेशद्वार बेलहियामा पर्यटकहरुलाई फोहोरका डङ्गुर, धुलाम्य/भताभुङ सडक नाला, विना कुनै सन्देशको स्वागत गेट र जनशक्तिविहीन सूचना केन्द्रले स्वागत गरिरहेको छ।

हलेसीमा दीप प्रज्वलन गरी पर्यटकको स्वागत

नेपाल भ्रमण वर्षको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको छ। भ्रमण वर्षको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीरका प्रांगणमा बुधबार साँझ सामूहिकरुपमा दीप प्रज्वलन गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो।

पर्यटकीय स्थल मकवानपुर जाऔँ, प्रकृतिसँग रमाऔँ

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

रसुवागढी नाकाबाट पहिलो दिन ९२ चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट भित्रने पर्यटकलाई स्वागत गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ।

यसरी गरिदै छ नेपाल भ्रमण वर्षको उद्‍घाटन (लाइभ)

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा सुरु भएको छ। समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन्। कार्यक्रममा सहभागि हुन विभिन्न देशका मन्त्रीहरु नेपाल आएका छन्। उक्त अवसरमा विभिन्न झाँकीहरु प्रदर्शन गरिने छ।

भ्रमण वर्षको शुभकामना !

सरकारले २ वर्षअघि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आज उद्घाटन हुँदै छ। राजधानीको दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा अन्य ४ मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने जानकारी सरकारले दिएको छ। कार्यक्रममा जमैका, म्यानमार, भारत, चीन, कम्बोडिया, युएई, भुटानलगायत देशका प्रतिनिधि सहभागी हुँदै छन्।

पर्यटकीय क्षेत्रमा २९ अर्ब लगानी बढ्यो

मुलुकका बैंक तथा वित्तीय संस्थाले पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्मको अवधिमा पर्यटकीय क्षेत्रमा करिब एक खर्ब ३१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी भएको छ।

पर्यटक पर्खदै जाजरकोटका पर्यटकीय क्षेत्रहरु

देशै भर भव्य रुपमा नेपाल भ्रमण वर्ष २०२०को चर्चा चलिरहेको बेला जाजरकोटमा पनि पर्यटक तान्ने कसरत सुरु भएको छ। भेरी नदीको किनारै किनार भएर यसको नागबेली चाल हेरेर गाडीमा रमाउदै जाजरकोट पुग्ने पर्यटकहरुलाई जाजरकोटको सुन्दरता देखाउन सरोकारवालाहरु तम्सिएका हुन्।

अब्बल प्रदेश नम्बर ३

विदेशी पर्यटकका लागि नेपालको प्रवेशद्वारका रूपमा रहेको यो प्रदेश प्राकृतिक, सांस्कृतिक ऐतिहासिक, धार्मिक, साहसिक सबै हिसाबले नेपालको अग्रणी पर्यटन क्षेत्र हो। सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न सबभन्दा बढी योगदान यही प्रदेशले दिने पक्का छ।

चारदेशीय पर्यटन विकास गर्ने प्रतिबद्धता

नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्। चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड दिए।

भ्रमण वर्ष उद्घाटनको तयारी पुरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो।

सुदूरपश्चिममा लाखौं पर्यटक भित्र्याउने तयारी

संघीय सरकार नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय महोत्सवका रूपमा मनाउने तयारीमा जुटेको छ। प्रदेश सरकार पनि बढीभन्दा बढी पर्यटक आफ्नो प्रदेशमा भित्र्याएर भ्रमण वर्ष सफल बनाउन लागिपरेका छन्। सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन तयारी भइरहेको त्यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।

पर्यटक तान्दै परम्परागत घर

नेपालमा विदेशी पर्यटक के हेर्न आउँछन् ? धेरैको उत्तर हुनसक्छ– प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन हेर्न पर्यटक आउँछन्। भक्तपुरमा भने यीबाहेक पनि हेर्न पर्यटक आउँछन्। पर्यटक यहाँका परम्परागत घर हेर्न पनि आउँछन्।

पर्यटक तान्दै ‘घर’

नेपाल भित्रिने विदेशी पर्यटक के हेर्न नेपाल आउलान्? धेरैको उतर हुन सक्छ, यहाँंको प्राकृतिक सौदर्य, मठमन्दिर, जात्रापर्व, रहनसहन इत्यादी। भक्तपुर आउने पर्यटक भने यिबाहेकका पनि हेर्न पनि यहाँं आउने गर्दछन्। पर्यटकहरु यहाँका परम्परागत घर हेर्न पनि आउने गर्दछन्।

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने

नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्