सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।
‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ।
जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्।
नदी नियन्त्रणका लागि दुवैतर्फ पक्की तटबन्ध बनाउन आफूहरूले मन्त्री, सांसद र कर्मचारीलाई बारम्बार सुझाव दिँदा पनि संघीय सरकारले असार महिनामा बजेट पठाएर सिध्याउने काम मात्रै गरेको पीडित किसान बताउँछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने दृढता व्यक्त गरेका हुन्।
राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि तल्लो तटिय क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडकको दाङ–सल्यान सडक खण्डमा मर्मतको काम सुरु भएकाले शनिबारदेखि दैनिक ९ घण्टा बन्द सुरु भएको हो। सडकमा ओटासील गरिएको लामो समय पछि यहाँ मर्मतको काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दाङको आर्थिक सहयोगमा दाङको तुल्सीपुरदेखि सल्यानको कपुरकोटसम्म मर्मतको काम सुरु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने सदरमुकाम लगायतका सबै बजार पुर्ण रुपले बन्द छन्।
झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।
भरपर्दो उपचार सेवा केन्द्र मानिएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादै विवादमा फसेको छ। प्रतिष्ठानले गरेका ‘अहितकारी’ निर्णयका कारण प्रतिष्ठान आन्तरिक विवाददेखि अदालती मुद्दासम्मको विवादमा परेको हो।
स्वास्थ्य उपचार सेवा शूल्कमा भारी वृद्धि गरेको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाएको शूल्क लागु नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीको सातौँ अनसनको बलमा जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो। डा. केसीको सातौँ अनसनका क्रममा तत्कालीन सुशील कोईराला नेतृत्वको सरकारले दाङमा मेडिकल कलेज खोल्ने सहमती जनाएको थियो। डा. केसीले त्यो बेलाको माग अनुसार तत्कालीन पाँचै प्रदेशमा एक÷एक सरकारी मेडिकल कलेज खोल्ने र पहिलो चरणमा दाङमा खोलिनु पर्ने माग राखेका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ। प्रतिष्ठानले उपचार शुल्क लगायत अन्य शुल्कसमेत महंगो बनाउने गरी तयारी थालिएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।
प्रथम राप्ती गोल्ड कप २०७५ असोज तेस्रो साता आयोजना हुने भएको छ । हर्दी युवा समाजले भण्डारामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।