१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

राप्ती उपक्षेत्रीय अस्पताल दाङमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले जानकारी दिए।

राप्ती नदीमा पानीको सतह बढ्यो, दर्जनौ गाउँ उच्च जोखिममा

अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ।

राप्तीमा पानीको सतह झन् बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

पहाडी क्षेत्रमा बर्षा नरोकिएपछि राप्ती नदीमा पानीको सतह झन् बढ्दै गएको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा सोमबार बेलुका साढे ६ बजे गरिएको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ४ मिटर ६५ सेन्टिमिटर पुगेको छ।

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।

प्रकृति र प्राप्ती ‘किड्स क्यापिटल’

९ वर्षीया प्रकृति भट्टराई तथा १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल २०१८ को उपाधि जितेका छन्।

हुलाकी सडकका नाममा राप्ती दोहन

जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।

राप्ती र नारायणीमा भेटियो दुई भाले घडियाल गोही

भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ।  गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साढे १३ अर्ब बजेट

प्रधानमन्त्री शेरबहादुर देउवाले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ प्रस्ताव गरेका छन्। सोमबार सरकारी निवास बालुवाटारमा बसेको प्रतिष्ठानको पहिलो बैठकबाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले उक्त रकम प्रस्ताव गरेका हुन्।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

राप्तीका तीन जिल्लामा तयारी पूरा

मंसिर १० मा निर्वाचन हुने प्रदेश नम्बर पाँचअन्तर्गतका तीन जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । पश्चिमी रुकुम, पूर्वी रुकुम र रोल्पामा निर्वाचनको तयारी पूरा गरिसकिएको निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन् । निर्वाचनको मौन अवधिको पूर्वसन्ध्यामा निर्वाचनको तयारीलाई पनि टुंग्याइएको छ ।

मध्य र पश्चिम तराईमा भारी वर्षा हुने, बबई, राप्ती र बगमतीको पानी सतह खतरा तहमाथि

मनसुन सुरु भएयता पहिलो पटक न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) चुरे र महाभारत पर्वतबीचको आकाशमा केन्द्रित भएकाले शुक्रबार बिहानदेखि मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ। तीन दिनअघि नेपाल भित्रिएको यो प्रणालीले शुक्रबार बिहानदेखि भारी वर्षा गराएको मौसमविद्ले बताएका छन्।

मधेसी दललार्इ खुसी पार्न गरिएकाे 'कित्ताकाट'ले राप्ती अशान्त

मधेसी दललाई मिलाउने र खुसी पार्ने नाममा सरकारले पाँच नम्बर प्रदेशलाई ‘कित्ताकाट’ गर्न खोजेपछि राप्ती अशान्त बनेकाे छ।

२८ घन्टा राप्तीले घेरिँदा

देशरानी यादव डेढमहिने छोरालाई दूध चुसाउँदै थिइन्। एक्कासि घरभित्र भल पस्यो। छोरालाई छातीमा टाँसेर हतारहतार बाहिर निस्किइन्। उर्लंदो राप्तीले पूरै गाउँ छोपिसकेको थियो। पाँच वर्षमुनिका अरू तीन लालाबाला आत्तिएर आमासँग टाँस्सिए। घरैमा बसिराख्दा बाढीले पूरै निल्लाजस्तो भयले छोप्यो। उनी लालाबाला डोहोर्‍याउँदै अघि बढिन्। आधा जिउ डुबाउने गरी पानी जमिसकेको थियोे।

राप्ती बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम

नेपालगन्ज– राप्ती बाढी प्रभावित क्षेत्र बाँकेका विभिन्न गाविसमा रोगको महामारी फैलिने जोखिम बढेको छ। बाढीको सतह घटेपछि अधिकांश स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्केका छन्, भने कतिपय आफन्त र अस्थायी टहराको साहारा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्