९ असार २०८३ मंगलबार
image/svg+xml

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ।

सदन र पार्टीमा सम्पत्ति छानबिनबारे आवाज उठाउने मै हुँ, भ्रम सिर्जना गरियो : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सदन र पार्टीमा सम्पत्ति छानबिनको विषय उठाउने आफैँ भएको बताएका छन्।

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो।

राहदानी प्रकरणमा महानिर्देशकसहित १८ विरुद्ध मुद्दा : १० अर्ब नोक्सानी पुर्‍याएको दाबी

भेरिडोस र उक्तकम्पनीका मुख्य भई काम गर्ने फेबिओला फेलरसिम, फ्लोरियन प्याक्विलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरुद्ध पनि मुद्दा दायर भएको छ।

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ।

अमेरिका–इरान वार्ता सकारात्मक

अमेरिका र इरानबिचको युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको उच्चस्तरीय वार्ताको पहिलो चरण उत्साहजनक प्रगतिसहित सम्पन्न भएको छ।

महाधिवेशनमा सहभागी कार्यकर्ता भन्छन् : पार्टीलाई कमजोर हुन दिँदैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी कार्यकर्ताले पार्टी नेतृत्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई दीर्घकालीन रूपमा सशक्त बनाउन आफूहरू समर्पित रहेको बताएका छन्।

भारत : भवनमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

गणनाको क्रममा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुराँ, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिएको छ।

‘ग्रे लिस्ट’बाट बाहिरिन सकस

गैरकानुनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानुन र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले नेपाललाई सन् २०२६ मा पनि ‘बढी निगरानी’ (इनक्रिज्ड मोनिटरिङ) अन्तर्गत राखेको हो।

दल त्यागेपछि गुठीचौर अध्यक्ष बुढाको पद रिक्त

नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद स्वतः रिक्त भएको छ।

वैदेशिक रोजगार विभागमा २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

मुद्दा तथा अनुसन्धानमा सक्रियता विभागको मुद्दा तथा अनुसन्धान शाखामा आज एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्