२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

विपद्को मैदानमा तीन दशक बिताएका अर्याल अब ‘डाक्टर’

जनस्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सँगालेका पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन्।

उनले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा विद्यावारिधि पूरा गरेका हुन्।

डा. अर्यालले यसअघि युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरिसकेका छन्।

उनीसँग विपद् जोखिम न्यूनीकरण, जनस्वास्थ्य, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी समय नीतिगत र स्थलगत तहमा काम गरेको अनुभव छ।

आफ्नो व्यावसायिक यात्राका क्रममा डा. अर्यालले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), डेनिस रेडक्रस तथा क्यानेडियन रेडक्रस लगायतका प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमा एक दशकभन्दा बढी समय विभिन्न प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व सम्हालेका छन्।

नेपाल रेडक्रसको महासचिवको जिम्मेवारीसमेत पूरा गरिसकेका अर्यालले सो संस्थाको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकास विभागको समेत नेतृत्व गरेका थिए। सामुदायिक विकास, आपत्कालीन प्रतिकार्य र पुनर्स्थापनामा उनको विशेष दक्षता रहेको छ।

डा. अर्याल हाल ‘नेपाल युनाइट्स’ का वरिष्ठ सल्लाहकार तथा ‘डीपीनेट नेपाल’ का सल्लाहकारका रूपमा कार्यरत छन्। यसका साथै उनी जाइका एल्युम्नाई एसोसिएसन अफ नेपाल (जान) र प्रेस एसोसिएसन अफ नेपाल (प्यान) का आजीवन सदस्यसमेत हुन्।

प्रकाशित: २८ भाद्र २०८३ २०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App