१२ असार २०८१ बुधबार
image/svg+xml

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।

स्थानीय तहको ढिलाइले भूमि आयोगको काम प्रभावित

भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ।

भूमि आयोगले पाएन पूर्णता

सरकारले जारी गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ । तीमध्ये आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ।

सरकारलाई राप्रपाको आग्रहः मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट बिस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन्।

स्थायी बसोबास खोज्दै बाघ (अपडेट)

पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ स्थान खोज्न थालेका छन् । नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका हुन् । बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा स्थायी बसोबासका लागि बाघ घुम्न थालेको हो । ‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ,’ संरक्षणका क्षेत्रमा काम गर्दै आएका सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघ यहाँ स्थायी बासस्थानका लागि घुमिरहेको छ ।

अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न स्थानीय तह सहमत

७५ प्रतिशत हाराहारी जमिन ओगट्ने स्थानीय अव्यवस्थित बसोबास रहेको उदयपुरको मूल समस्याको दीगो व्यवस्थापन गर्न स्थानीय सरकारहरु प्रतिबद्ध देखिएका छन्।

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ।

खगीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका ४० वर्षीय अमर क्षेत्रीले बाग्लुङ गल्कोट चरौंदी निवासी ३९ वर्षीया खगी नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

उद्यमतर्फ तामाङ महिला

पाखो र दुर्गम। बसोबास तामाङ जातिको। हो, राजधानीसँग जोडिएको दक्षिण ललितपुरस्थितकोन्ज्योसोम यही परिचयमा चिनिन्थ्यो। रक्सी बनाउने, बेच्ने र खाने काम मुख्य थियो। पाखो जमिन बढी हुने भएकाले धान खासै नहुने। मकै÷कोदो आदि उत्पादन त हुन्थ्यो तर त्यसले पनि नधान्ने। त्यसैले दुःखी जीवन बिताउँथे तामाङहरू।

डोल्पाका ज्योति

हिमाली भेकमा बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म १८ हजार ३६ वर्षअघि सुरु भएको थियो। संसारका सबै प्राणीलाई दुःखबाट रक्षा गर्ने धर्मलाई युङडुङ बोन धर्म भनिन्छ।

‘घरबारबिहीनलाई तत्काल बसोबासको व्यवस्था गर्’

सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नाममा बुटवल नगरपालिकाले घरबारबिहीन बनाएका नागरिकलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न बुटवलमा क्रियाशील ११ वटा दलले नगरपालिकासँग माग गरेका छन्।

त्रियुगामा ऐलानी जमिनमा बसोबास गर्नेकाे संख्या अत्याधिक

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ। नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ।

सार्वजनिक तथा वनको जग्गामा बसोबास गर्ने भूमिहीनलाई राहत

सरकारले सार्वजनिक जग्गा, वन क्षेत्र र सरकारी जग्गामा बसोबास गरिरहेका भूमिहीन भूकम्पपीडितलाई घडेरी किन्न अनुदान उपलब्ध गराउने भएको छ। भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान कार्यविधिमा भएको दोस्रो संशोधनले उक्त व्यवस्था गरेको हो।

कालिकोटका आगलागी पीडितलाई बसोबासको व्यवस्था मिलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कालिकोटका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। कांगेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सोमवार जारी विज्ञप्तिमा पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्