२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

तराईका जिल्लाहरूमा हुस्सु, यी प्रदेशमा हिमपातको सम्भावना

महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट

तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्।

हुस्सु र कुहिरोले चिसो बढ्यो

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो।

चिसोका कारण बढ्न थाले बिरामी

एक सातादेखि बढेको चिसोले महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।

शीतलहरले कतै विद्यालय बन्द, कतै सिरक बाँड्दै

नेपालको सुदूरपश्चिम र तराई–मधेसकामा शीतलहरका कारण अधिकांश जिल्लाका स्थानीयले विद्यालय बन्दको घोषणा गरेका छन् भने कतिपय ठाउँमा सर्वसाधारणलाई न्यानो कपडासमेत वितरण सुरु गरेका छन्।

नेपालगन्जमा हुस्सु र कुहिरोले उडान प्रभावित

मौसम परिवर्तनसँगै नेपालगन्ज विमानस्थल उडान प्रभावित हुन थालेको छ। साँझबिहान हुस्सु लाग्दा दैनिक उडान प्रभावित हुने गरेको हो।

कुहिरोले चार घण्टासम्म हवाई उडान ‘डिले’

पोखरा विमानस्थल सामान्य अवस्थामा यतिबेला बिहान ६ बजेर २० मिनेटमा खुल्नुपर्ने हो। विमानस्थल खुल्नासाथ पोखरा–जोमसोम रुटमा उडान सुरु भईहाल्थे। त्यसपछि सवा ८ बजेतिर काठमाडौंका लागि उडान सुरु हुन्थ्यो। तर, पछिल्लो केहीदिनदेखि विमानस्थल खुल्ने समय झन्डै ६ घण्टासम्म ढिला हुने गरेको छ।

पौवाभन्ज्याङदेखि सन्दपुरसम्म

सन्दकपुर, जहाँ पर्यटक भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ मारिरहेका त कोही खानपानमा झुमिरहेका। हामी सन्दकपुर (३६३६ मिटर) पुग्दा सिरेटोको बेग दौडिरहेको थियो। फुत्त कुहिरो आएर धुम्म बनाउने र फेरि छ्याङ्ङ देखिने भइरह्यो। सन्दकपुर दृष्यावलोकनका लागि चर्चित गन्तव्य हो। मेरा लागि सन्दकपुर नयाँ गन्तव्य थिएन। चौथोपल्टको यात्रा भने फरक किसिमको थियो। हामी पाँचथरको मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि हिँडेर डाँडैडाँडा सन्दकपुर पुगेका थियौं।

बाँसघारी

कति भइसकेको थियो, यहाँ कुहिरोले आकाश ढाकेको थिएन। फूलमा भँवराहरू भुनभुन गर्न छोडेका थिएनन्। मौरीहरू आफ्नै धुनमा थिए। ऋतु आफ्नै वेगमा हिँडेको थियो। उसलाई न आफू बूढो हुनुको चिन्ता थियो न त निःसन्तान हुनुको पीडा। आकाशभरि कालो बादल छरिएर बसे पनि वसन्त आफ्नै लहरमा चलिरहन्थ्यो। जूनको पीडा आकाशलाई थाहा हुँदैन्थ्यो। आकाशको पीडा सूर्यलाई थाहा हुँदैन्थ्यो। सबै वस्तु राम्रा र मन लोभ्याउने लागे पनि कुनै न कुनै रूपमा सबै वस्तुलाई पीडित देख्थेँ म।

बाक्लो हुस्सु र कुहिरोले उडान प्रभावित

दुई सातादेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौंसँग सबैभन्दा कम दुरीमा रहेको सिमरा विमानस्थलबाट हुँदै आएको हवाई उडान प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले चिसोको कारण भिजिबिलिटीमा समस्या आएकाले दैनिक हुँदै आएका उडान सेवा प्रभावित भएको बताए ।

भुइँकुहिरोभित्र दल्चोकी

सेतो भुइँकुहिरोले ढपक्कै ढाकिएका डाँडाहरु । बिस्तारै कुहिरो फाट्दै जाँदा देखियो निलो सफा आकास अनि तलतल काठमाडौ उपत्यकाको पुरा दृष्य । स–साना सलाइका बट्टा जस्ता घर गुचुमुच्च परेका । अनि पूर्व दक्षिणदेखि पश्चिमसम्म फैलिएको हरियाली महाभारत सृङखला । प्रकृतिको सृजना कति सुन्दर छ जति हेरे पनि आँखा अघाउँदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्