८ वैशाख २०८१ शनिबार
अर्थ

बाक्लो हुस्सु र कुहिरोले उडान प्रभावित

सिमरा विमानस्थल ।

बारा– दुई सातादेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौंसँग सबैभन्दा कम दुरीमा रहेको सिमरा विमानस्थलबाट हुँदै आएको हवाई उडान प्रभावित भएको छ ।  नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले चिसोको कारण भिजिबिलिटीमा समस्या आएकाले दैनिक हुँदै आएका उडान सेवा प्रभावित भएको बताए ।

‘सामान्य अवस्थामा सिमरा विमानस्थलबाट दैनिक ४७ सिट क्षमताका पाँचवटा जहाजले सेवा दिँदै आएका थिए,’ प्रमुख काफ्लेले भने, ‘बाक्लो हुस्सु र कुहिरोले अहिले कुनै दिन एउटा पनि उडान गर्न सकिएको छैन ।’ उनका अनुसार ढिलो गरी घाम लागेको दिन सिमरा–काठमाडौं दुई–तीनवटा उडान मात्रै ओहोरदोहोर गर्ने गरेको छ ।

सिमराबाट अहिले नेपाल वायुसेवा निगम, बुद्ध र सिम्रिक एयरका जहाजले उडान गर्दै आएको काफ्लेले बताए । हवाई सेवा दिइरहेका विमान कम्पनीमध्ये बुद्ध एअरले बढी यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको उनको भनाइ छ ।  बुद्ध एअरका सिमरास्थित स्टेसन मेनेजर सुरेश रेग्मीले हुस्सु र कुहिरोले कुनै दिन एक–दुइटा उडान भएको छ भने कुनै दिन एउटा पनि उडान नभएको रेग्मीले बताए । सामान्य अवस्थामा बुद्ध एअरबाट मात्रै एक सय ८० देखि दुई सय यात्रु सिमराबाट काठमाडौं जाने र त्यतिकै संख्यामा काठमाडौंबाट सिमरा आउने गरेको रेग्मीले बताए ।


 

प्रकाशित: २० पुस २०७४ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App