२१ असार २०८१ शुक्रबार
image/svg+xml

एकीकृत समाजवादीको निर्वाचन कार्यतालिका सार्वजनिक

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ।

काठमाडौंमा नेपाल बन्दको आंशिक प्रभाव

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ।

गुल्मी २ मा एमालेको २५ वर्षे विरासत तोड्ने दिन नजिकिँदै छ: रामकुमारी झाँक्री

‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

नेकपा एसद्धारा ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस

प्रदेशसभाको समानुपातिकतर्फ फुङलिङ नगरपालिकाका नीताकुमारी सिवा र अमर लोहार तथा आरसी पोमू(आठराइ त्रिबेणी गाउँपालिका) र देवीमाया नेपाली(मेरिङदेन गाउँपालिका)को नाम सिफारिस गरिएको लामाले जानकारी दिए।

विप्लवद्वारा पक्राउ पूर्जी खारेजी र तीन बुँदे सहमति कार्यान्वयनको माग

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग समेत नेकपाले गरेको छ। ज्ञापन पत्रमा नेकपाले आफ्ना ४५ जना नेता तथा कार्यकर्ता जेलमा बन्दीको रुपमा रहेको दाबी गरेको छ।

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए।

सर्पकाे टाेकाइबाट कम्युनिष्ट नेता कडायतको निधन

आज बिहान एकाएक अस्वस्थ भएपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। उनलाई चिकित्सकले थप उपचारका लागि रिफर गरेको थियो। उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमा निधन भएको आफन्त चेतबहादुर बोहराले जानकारी दिए।

चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख व्यक्त

क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज-कानेललाई पठाएकाे सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उतपन्न गम्भीर मानवीय तथा भौतिक क्षतिले आफू स्तब्ध भएको बताएका हुन्।

जनताको विकास र समृद्धिको चाहना अघि बढ्न सकेन: महासचिव पोखरेल

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएको छ।

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ।'

अबको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ: अध्यक्ष नेपाल

'स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ।'

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः माधव नेपाल

'हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्‍याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’

नेकपा फुटाउन केपीले भूमिका खेले, संघीय निर्वाचनमा हाम्रो पार्टीको सिट बढ्छः माधव नेपाल

एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए। उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए।

'चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता'

एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार।

दाहाल र चिनियाँ लिउ जियानचाओबीच पार्टीको सम्बन्ध बारे छलफल

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्