८ वैशाख २०८१ शनिबार
राजनीति

जनताको विकास र समृद्धिको चाहना अघि बढ्न सकेन: महासचिव पोखरेल

नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेल प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै। तस्बिरः रासस

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाए।  

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा नभएको बताए। उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे।

पाँच दलीय गठबन्धनका बीचमा आफ्नो पार्टीको जनमत नघटेको दाबीसमेत उनले बताए। कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए।

प्रकाशित: १८ श्रावण २०७९ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App