प्रधानमन्त्रीकाे अभिव्यक्तिले उनकै कार्यकर्ताकाे अपमान भयाे : उपसभापति निधि
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको बताएका छन्।
पछिल्लो समय राज्य तहबाटै अभिव्यक्ति स्वतन्त्रताका घटना बढ्न थालेको भन्दै त्यसको विरोधमा साहित्यकार र लेखकहरू विभिन्न ढंगले लागिपरेका छन्।
संसदमा दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने निष्कर्ष कांग्रेसको छ।
कुनैबेला डा. गोविन्द केसीले लुटतन्त्र, माफिया, गुन्डागर्दी र बेथितिले मुलुकमा शासन गरिरहेको छ भन्दा किन डा.साबले यति चर्को अभिव्यक्ति दिनुभएको होला भनेर म अचम्भित हुन्थेँ। तर लोकतान्त्रिक र राष्ट्रिय भावनाले ओतप्रोत भएको सरकारले आफैँ गर्नुपर्ने आधारभूत सवालमा माग राखेर सत्याग्रहमा बसेका डा. केसीमाथि धोका दिने र छलकपट गर्ने तथा पशुपति शर्माको गीतसँग डराउने सरकारका लागि उक्त विशेषणहरू चर्को नभएर नित्तान्त स्वाभाविक भएको आज जसरी नेपाली समाजले स्वीकार गरेको छ त्यसबाट ज्यादै गम्भीर राजनीतिक र सामाजिक सन्देश सञ्चारित भएको छ।
कवि हरि अधिकारीको उपरोक्त कवितांशले लाइन काटिएका नि:शब्द टेलिफोनको कथा भन्छ जहाँ आवाज प्रतिबन्धित छ। आक्रोशको आवाज र पीडाको क्रन्दन मौन रोदनका लागि अभिशप्त छ। २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाउँदै शासन हातमा लिएको परिप्रेक्ष्यमा कवि अधिकारीले उक्त कविता लेखेका थिए।
अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्रिय रहेको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजाबाट नागरिक भइसकेका व्यक्तिबाट बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए।
प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको राजनीतिक आस्था स्पष्ट थियो । भर्खर ३० वर्ष नाघेको भनिएका राम हालसम्म शान्तिपूर्ण रहेको ‘स्वतन्त्र मधेस’ आन्दोलनका प्रतिबद्ध कार्यकर्ता थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो अभिव्यक्ति दिएर जनतालाई भ्रममा पार्ने काम गरेको प्रदेश कांग्रेसले आरोप लगाएको छ । गत शनिबार प्रदेश २ को संसद्लाई सम्बोधन गर्ने क्रममा ओलीले प्रमुख दुई विषयमा झुठो बोलेको कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवको जिकिर छ।
सिक्किमका नेपाली मूलका लेखक के एनशर्माको नेपाली भाषामा लेखिएको पुस्तक ‘लोकअभिव्यक्ति कोष’ सार्वजनिक भएको छ ।राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष लवदेब अवस्थी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरे । शर्मा सिक्किम सरकारका पूर्व सचिव तथा जनसेवा अधिकृत पनि हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताएका छन्।
कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र हठ खेदजनक रहेको बताएको छ।
सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ।