९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

काठमाडाैं - कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आइतबार जारी विज्ञप्तीमा कानुनमन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिबाट बङलादेशमा अध्ययनरत र अध्ययन गरिसकेका छात्राहरु एवं तिनका परिवारजनमा पर्न गएको गहिरो चोटले नेपाली कांग्रेसलाई मर्माहत तुल्याएको उल्लेख छ। नेपाली चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी मन्त्रीद्वारा व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक रहेकाे कांग्रेसले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ।

साथै कांग्रेसले सरकारको मन्त्रीबाटै यस्तो अभिव्यक्ति अाउँदा पनि प्रधानमन्त्री मौन  बस्नु झनै गम्भीर कुरा भएकाे बताएकाे छ । स्वयं प्रधानमन्त्रीबाटै वेलावेला हलुका अभिव्यक्ति वाहिरिने गरेका वेला जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही कसले गर्ने, कांग्रेसले प्रश्न गरेके छ। "छोरी चेलीलाई देवीका रुपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरी पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं,' विज्ञप्तीके अन्त्यमा उल्लेख छ।

मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा तानिएका थिए। उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो। 

 

प्रकाशित: ६ श्रावण २०७५ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App