४ मंसिर २०८१ मंगलबार
image/svg+xml

गण्डकी सभ्यता बचाऔं अभियान सुरु

पर्यटन पर्वद्धन गर्न गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिने भएको छ। गण्डकी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल, नदी नालामा भैरहेको अतिक्रमण, प्रदूषणले पर्यटकीय स्थलको भविस्य संकटमा परेको भन्दै धौलागिरी समाज नेपालले उक्त अभियान सुरु गर्न लागेको हो।

पौवाभन्ज्याङदेखि सन्दपुरसम्म

सन्दकपुर, जहाँ पर्यटक भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ मारिरहेका त कोही खानपानमा झुमिरहेका। हामी सन्दकपुर (३६३६ मिटर) पुग्दा सिरेटोको बेग दौडिरहेको थियो। फुत्त कुहिरो आएर धुम्म बनाउने र फेरि छ्याङ्ङ देखिने भइरह्यो। सन्दकपुर दृष्यावलोकनका लागि चर्चित गन्तव्य हो। मेरा लागि सन्दकपुर नयाँ गन्तव्य थिएन। चौथोपल्टको यात्रा भने फरक किसिमको थियो। हामी पाँचथरको मेची राजमार्गमा पर्ने पौवाभञ्याङदेखि हिँडेर डाँडैडाँडा सन्दकपुर पुगेका थियौं।

मलेसिया र इन्डोनेसियाली पाहुना बोलाउँदै ट्रेकिङ व्यवसायी

अन्नपूर्ण क्षेत्रको पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले प्रवद्र्धनात्मक गतिविधि गर्ने भएको छ। पछिल्लो समय अन्नपूर्ण क्षेत्रको पदयात्रामा मलेसिया, इन्डोनेसिया, सिंगापुरका पदयात्री बढी थपिन थालेका छन्।

आजदेखि पाँचतले मन्दिरमा मोटर लान नपाइने

भक्तपुरको पाँचतले मन्दिर परिसरमा मंगलबार (माघ १ गते) देखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो।

चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

भ्याली अफ फायर स्टेट पार्कमा देखिएका 'विग हर्न सिप'

भ्याली अफ फायर स्टेट पार्क अमेरिकाको एक प्रमुख पर्यटकीय गनतव्य हो। यहाँ विभिन्न जीव जनवर तथा अन्य प्राकृतिक दृष्यको आनन्द दिन सकिन्छ। 'विग हर्न सिप' यहाँको आकर्षणको केन्द्र हो। यो भेडालाई नेभाडा राज्यले विशेष महत्व दिँदै 'स्टेट एनीमल'को दर्जा दिएको छ। यसको आवास क्षेत्र यो पार्क क्षेत्र भए पनि त्यहाँ आक्कल झुक्कल मात्र देख्न सकिन्छ।

पर्यटकीय स्थल नारिमन तालमा ‘फ्रि वाइफाई’

सरकारी सूचीअनुसार मुलुकका घुम्नैपर्ने सय पर्यटकीय स्थलमध्ये एक सर्लाहीको ऐतिहासिक नारिमन तालमा स्थानीय चन्द्रनगर गाउँपालिकाले ‘फ्रि वाइफाई’ सुविधा उपलब्ध गराएको छ।

कालिन्चोकमा जंगल फँडानी तीव्र

अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

दही पर्यटन

भक्तपुरस्थित हाडा कोल्ड स्टोरका अनुज हाडा चिनियाँ पर्यटकले दही औधि मन पराउने बताउँछन्। पर्यटकले दही खाने मात्र नभएर त्यसको सेल्फी खिँच्ने र आफ्ना सोसल मिडियामा पोस्ट गर्ने गरेका छन्। जसका कारण दही खाने पर्यटकको संख्या बढ्दै गएको उनको बुझाइ छ।

भक्तपुरमा पर्यटक तान्दै यातु महादेव

भक्तपुरको यातु महादेव मन्दिरमा पछिल्लो समय पर्यटक आवागमन बढेको छ। मन्दिर सफा र चिटिक्क बनेपछि यो क्षेत्रमा पर्यटक आकर्षण बढेको हो। यो ठाउँ उपत्यकाभन्दा धेरै टाढा छैन। भक्तपुरको कमलविनायक बसपार्कबाट एक किलोमिटर पूर्वमै यो ठाउँ छ।

माझखण्डको जग्गा अनाधिकृत रुपमा बिक्री

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनधिकृत रुपमा बिक्रि वितरण हुन थालेको पाइएको छ। केही व्यवसायीले केबलकार होमस्टे बन्ने आशा देखाएर यस क्षेत्रको जग्गा किनबेच थालेको स्थानीयको भनाई छ।

पर्यटक तान्दै कर्णालीकाे प्रसिद्ध चन्दननाथ

पछिल्लो समय कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ। कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै  राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरुमा वृद्धि भएको छ।

आन्तरिक पर्यटकका लागि ‘भ्रमण वर्ष’

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले भ्रमण वर्षको अभियान सुरुवात गरेको छ। प्रदेश सरकारले सन् २०१९ मा प्रदेशमा बढीभन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ यो वर्षलाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। त्यसै अनुसार यहाँ अभियानको थालनी गरेको हो।

चितवन महोत्सवकाे अाकर्षण पर्यटक गाइड बुक

दुई वर्षको अन्तरमा गरिँदै आएको ‘चितवन महोत्सव’को १२ औं संस्करणमा यसपटक पर्यटक गाइड बुक विशेष आकर्षणका रूपमा रहने भएको छ। आगामी पुस २५ गतेदेखि १० दिनसम्म नारायणी नदी किनार नारायणगढमा हुने महोत्सवको प्रदर्शनी स्थल निर्माण र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

पर्यटक तान्न धुलिखेलमा ‘सुपरम्यान जिप लाइन’

उपत्यकासँगैको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिप लाइन’ सुरु हुने भएको छ। धुलिखेल आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साहसिक खेल(एडभेन्चर स्पोर्ट्स्)को मनोरन्जन दिने उद्देश्यले धुलिखेल–८, थाक्लेमा वल्र्डवाइड एड्भेन्चर प्रालिले ‘धुलिखेल जिप लाइन’ निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्