४ मंसिर २०८१ मंगलबार
image/svg+xml

एक महिनापछि खुल्यो अन्नपूर्ण फेरो पदमार्ग

साहसिक र विश्वमै ख्याती कमाएको अन्नपूर्ण फेरोको पदमार्ग झण्डै एक महिनापछि खुलेको छ। लगातारको हिमपातपछि बाक्लो हिउँ थुप्रिएको पदमार्गमा मनाङबाट गएको स्थानीयको टोलीले ट्र्याक खुलाएपछि पदयात्राका पर्यटक आउजाउ गर्न सकेका हुन्। पछिल्लो एक दशक अवधिमा हिमपातका कारण यति लामो समय पदमार्ग बन्द भएको यो नै पहिलो पटक हो।

रसुवाबाट ३६ हजार पर्यटक

रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो। अन्य नाका सञ्चालनमा नआएका कारण यो नाकाबाट पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

पोर्चुगलमा नेपाल चिनाउँदै

राजधानी लिस्बनको पर्यटकीय सहर आनजोसमा उनले ‘रेस्टुरेन्ट एभरेस्ट नेपाल’ सञ्चालन गरेका छन्। र, रेस्टुरेन्टमार्फत् विश्वसामु नेपाल चिनाएका छन्।

सराङकोटमा सूर्योदय

बिहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासका साथ ओछ्यान छाडेँ। अरु बेला निदाउने प्रयास गर्थेँ र कोल्टे फेर्थेँ होला। तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा।

आन्तरिक पाहुनालाई वर्षभरि छुट

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउने घोषणा गरेपछि यहाँका व्यवसायीले पाहुना तान्न विशेष छुटको घोषणा गरेका छन्। पश्चिमाञ्चल होटल संघमा आवद्ध होटलले कोठाको शुल्कमा कम्तिमा १५प्रतिशत छुट दिने घोषण गरेको हो। यो छुट आवासमा मात्र लागू हुनेछ।

देशभरमा एक सय ३६ तारे होटल

देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रममा छन्। भूकम्पपछि मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी होटल उद्योगमा भित्रिएको छ। ती लगानीका होटल निर्माण क्रममा छन्। सञ्चालनमा आउन अझै केही समय लाग्नेछ।

गाउँ फर्कने वातावरण बन्दै छ : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जिल्लाको कुइबाङलाई पर्यटकीय गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कुइबाङ गाउँ मर्दी हिमाल र माछापुच्छ्रे हिमालको आधारशिविर जाने र फर्कने ट्रेकिङ रुटको प्रवेशद्वार बन्ने बताएका छन्।

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि चाँगुको बाटोलाई फराकिलो गर्ने योजना छ।

पर्यटक कार्यविधि कार्यान्वयन गर्न माग

नेपाल सरकारले ल्याएको पर्यटक कार्यविधि कार्यान्वयन गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान)ले माग  गरेको छ। सरकारले गत भदौ १६ गतेबाट लागू गरेको ‘साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ कार्यान्वयन नहुँदा पर्यटन क्षेत्रमा समस्या देखिएको भन्दै कार्यान्वयन गर्न टिगानले माग गरेको हो।

आन्तरिक पर्यटन वर्षको फितलो तयारी

पर्याप्त तयारीबिना गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भ्रमण वर्ष मनाउन थालेको छ। वर्षभर (२०१९) मा प्रदेशमा झण्डै १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारले सार्वजनिक गरे पनि तयारीले तीव्रता पाउन सकेको छैन।

हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त

निरन्तर हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त बनेको छ। साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा झन्डै दुई सातादेखि अवरुद्ध छ। हिमपात जारी रहेकाले पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ।

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्वार हो– तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पातला बस्ती छिचोलेपछि पुगिन्छ तेम्बाथाङ। लालीगुराँसलगायत घना बुट्यानबीच झन्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरू ठडिँदै छन्। न ठूला न साना, मझौला संरचना। हरियो रङका कर्कटपाताले छाइएका घरहरू चिटिक्क देखिन्छन्।

रोकिएन सुनकोसी दोहन

व्यवसायीले सुनकोसी नदीबाट जथाभाबी बालुवा र ढुंगा उत्खननलाई तीव्रता दिएका छन्। जथाभाबी सुनकोसी नदी दोहनका कारण एसियाकै पर्यटकीय राजमार्गका रूपमा चिनिएको बिपी राजमार्ग जोखिममा परेको छ। यही राजमार्गको किनार भएर सुनकोसी बग्छ। सुनकोसीमा सिन्धुली र रामेछापका व्यवसायीले मनपरी ढंगले डोजर चलाएर बालुवा र ढुंगा निकालिररहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्