९ मंसिर २०८१ आइतबार
image/svg+xml

१६ जनालाई सात दिनभित्र हाजिर हुन प्रहरीको सूचना

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका १६ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन भनेको हो।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने करिब ५५ वर्षका भीमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

ससुरामाथि मुद्दा लगाउन धर्नामा बुहारी

सम्बन्ध–विच्छेद मुद्दामा अदालतको मेलमिलाप केन्द्रमा श्रीमान–श्रीमतीबीच छलफल चलिरहेका बेला ससुराले लुकाएर भिडियो बनाउन लगाएको भन्दै बुहारीले ससुरामाथि मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि धर्नामा बसेकी छन्।

खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सवारीको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु, ठक्कर दिने सवारी अझै फरार

अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।

मिल्स गोल्डकपः बर्दिबासलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ।

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्।

वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट

बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्।

पोखरामा स्कारपियो र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।

नाच–गानसहित ट्राफिक सचेतना

नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।

१ सय ५२ बोरा प्याज र ३२ थान मोबाइल प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्