२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने करिब ५५ वर्षका भीमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० बसपार्क पिपलबोट अगाडी बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

टिपरको ठक्करबाट घाईते बिडारीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो। हेटौंडाबाट थप उपचारको लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज चितवन लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको भन्डारीले बताए।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।  साँघुरो सडक, खाल्डाखुल्डी, आवश्यक भन्दा बढी अटो, मयुरीका कारण मकवानपुरमा दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App