६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय र प्रहरीबीच झडप हुँदा ११ राउण्ड अश्रुग्यास प्रहार

मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो ।

प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा १४ प्रहरी घाइते

गरुडा नगरपालिका १ जयनगरमा मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको विषयलाई लिएर शुक्रबार साँझ प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा १४ प्रहरी घाइते भएका छन् ।

बारामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलियामा प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएको विषयमा बिहीबार राती प्रहरी र गाउँले बीच झडप हुँदा दुबै तर्फ गरी आधा दर्जन घाइते भएका छन्।

म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढी आवेदन परेको छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयमार्फत ९८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकोमा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए ।

प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार

देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि बुधबार ढुंगा प्रहार गरेका छन् ।  स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन्।

अख्तियारको हिरासतमा डिएसपीसहित ४ प्रहरी

भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पूर्व सैनिकसँग १० लाख रुपैयाँ उठाउन खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

म्यादी प्रहरीमा दोब्बर अावेदन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको अावेदन दिएका छन् । सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

हराएको बालक प्रहरीले आफन्तको जिम्मा लगायो

प्रसौनीमा अलपत्र अवस्थामा फेला परेको बालकलाई बारा प्रहरीले उद्दार गरी आइतबार परिवारको जिम्मा लगाएको छ।

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच घाइते

प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको छ।  भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन्।

म्यादी प्रहरीका लागि मात्र पाँच अर्ब खर्च लाग्ने

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

नेपाल प्रहरीलाई एएफसीको सम्मान

एसियाली फुटबल संघ(एएफसी)ले म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ ।

प्रहरीलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दार्जिलिङमा फेरि तनाव, प्रहरीको मृत्यु

भारत पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ। आन्दोलनकारीले आह्वान गरेको आमहड्ताल खुलेको दुई सातापछि शुक्रबार यहाँ झडप हुँदा १ सुरक्षाकर्मीको मृत्यु भएको छ।

यी हुन् बाटोमा भेट्टाएको पाँच लाख फिर्ता गर्ने प्रहरी जवान

सात वर्षअघि धरानमा अनुजा बानियाँ नामकी यूवतीले गाडीमा भेटेको ९१ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भन्ने खबरले देशमा खुब चर्चा पाएको थियो। तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्‍यौ’ भन्दै उनलाई बधाइ समेत दिएका थिए।

म्याच फिक्सिङ अनुसन्धानका लागि नेपाल प्रहरी सम्मानित

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ। शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मानित गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्