६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रत्येक प्रहरमा प्रहरी

प्रहरी सेवामा प्रवेश गर्नेभन्दा राजीनामा गर्नेको लाइन लामो हुनु राज्यको हितमा कदापि हुँदैन, त्यसैले प्रहरी कर्मचारीले पेन्सन प्राप्त गर्ने समयावधि पुग्नासाथ घर जाने प्रवृत्तिको अन्त्य गरी त्यस्ता अनुभवी कर्मचारीलाई सेवा अवधि पूरा नहुन्जेल संगठनमा टिकाइराख्ने नीति बनाइनुपर्छ ।

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्।

प्रहरीको गाडी दुर्घटनामा १२ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक एकआपसमा ठोक्किदा नौ प्रहरीसहित १२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।

जुवाअड्डाबाट पैसा लिने प्रहरीलाई कारवाही गर्न निर्देशनै

अञ्चल प्रहरी कार्यालयको लिखित निर्देशनपछि प्रहरीले पैसा असुलेर जुवातास खेल्न लगाएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

जुवा अड्डाबाट पैसा लिने प्रहरीलाई कारबाही गर्न लिखित निर्देशन

कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका छन्।

रौतहटको प्रहरी कार्यालयमै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै करिब दुई घण्टा इलाका प्रहरी कार्यालय डुमरिया घेराउ गरेका छन्।

‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’

नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन्। काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो। छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ। चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन्।

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ।

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको संरक्षणमा जुवातास

दसैंको मुखमा कैलालीको धनगढी, अत्तरिया, वलिया, चिसापानी लगायत बिभिन्न ठाउँमा प्रहरीको संरक्षणमा जुवातास खेलाइएको खुलासा भएको छ।

नाइजेरियाली नाइके खोज्दै प्रहरी

२ किलो ७ सय ग्राम कालो हेरोइन पठाउने व्यक्ति नाइजेरियाली नागरिक रफक्वाइन कोलेन्स रहेको खुलेपछि लागूऔषध नियन्त्रण ब्युरोले उनको पहिचान गर्न नाइजेरिया र लागूऔषध अनुसन्धान सम्बन्धी अन्तराष्ट्रिय संस्थाको सहयोग मागेको छ ।

हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्