६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्।

प्रहरीको गोलीले ‘टोलेगुण्डा’ घाइते

प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

गोरखाको प्रहरी हिरासतबाट भागे तीन अरोपी

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट गएराती तीन जना आरोपी भागेका छन्। सार्वजनिक अपराधमा सजाय भोगिरहेका गोरखा नगरपालिका ६ का दिपेस मजाकोटी, भिमसेन गाउँपालिका ३ तान्द्राङका अभिषेक अधिकारी र सन्दिप सुर्खेती सौचालयको झ्यालबाट भागेको प्रहरी निरीक्षक रामचन्द्र शाहाले बताए।

पेप्सीकोलामा प्रहरीले गोली हान्यो, एक घाइते

प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

५ वर्षमा पनि बनेन प्रहरी भवन

विगत पाँच वर्ष अघिदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको भवन निर्माण कार्य अलपत्र बनेको छ । विभिन्न कारण देखाउँदै पटक पटक निर्माण रोकेर भवन निर्माण सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकोको हो । निर्माण कार्यको अन्तिम अवस्थामा रहेको भवन सञ्चालनका लागि तयारी हुन सकेको छैन।

हनीप्रीत नेपाल आएको जानकारी छैन : नेपाल प्रहरी

बलात्कारी बाबा रामरहिमकी छोरी हनीप्रीत नेपाल आएको विषयमा नेपाल प्रहरीले मंगलबार मुख खोलेको छ। भारतीय मिडियाले निरन्तर उनी नेपालमा लुकेर बसिरहेको भनिरहेका बेला नेपाल प्रहरीले उनी नेपाल अाएको अाफ्नो जानकारीमा नभएको जनाएको छ।

प्रहरीद्वारा ठूलो मात्रामा सुनका गहना बरामद, घटना गुपचुप गर्ने प्रयत्न

प्रहरीले कैलालीका दुई ठाउँबाट भारतवाट चोरी ल्याएको करिब ८ सय ग्राम सुन र हिरा मोती बरामद गरेको छ।

जुवातास नियन्त्रण अभियानमा जुम्ला प्रहरी

कर्णालीको सदरमुकाम खलंगा आसपासका विभिन्न जुवाखालवाट १२ जना भन्दा बढी जुवाडे प्रहरीले नियन्त्रणमा लिइएको छ।

थबाङ गाउँपालिका प्रमुख अपहृत खोज्न प्रहरी परिचालन

अपहरणमा परेका थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीलाई खोज्न व्यापक प्रहरी परिचालन गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रमुख घर्तीलाई अपहरण गरेका हुन् ।

मेयर शाक्यद्वारा पुनरावलोकन नगरी नगरप्रहरीको बढुवा

महानगरका सहप्रवक्ता तथा मेयर शाक्यका सचिवालय प्रमुख नमराज ढकालले भने प्रक्रियागत हिसाबबाटै बढुवा गरेको बताए । ‘मन्त्रालयले बढुवा निर्णय बदर गर्नु भनेको छैन,’ उनले भने, ‘कानुनविपरित भएको लागेमा अन्याय हुनेहरू अदालत जान सक्छन् ।’ नगर कार्यपालिका बैठकबाटै पारित गराएर निर्णय कार्यान्वयन गराएको बताउँदै सबैले चासो लिन नपर्ने धारणा ढकालको छ ।

ढुंगा खसेर टाउकोमा लाग्दा सशस्त्र प्रहरीको मृत्यु

पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुङ्गाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ बर्षिया रमेशकुमार श्रेष्ठ रहेका छन्।

काँग्रेस कार्यकर्ताको हत्या, झडपमा तीन प्रहरी घाइते

रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन्। रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

लागु औषध ओसारपसार गर्ने परेवालाई प्रहरीको गोली

लागु औषध गाँजालगायतको लागुऔषध बोकेर जेल तर्फ जाँदै गरेको परेवालाई अर्जेन्टिनी प्रहरीले गोली हानी रोकेको छ ।

चितुवा मार्न प्रहरी परिचालन

नरभक्षी चितुवाले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि चितुवा मार्ने उद्देश्य लिएर हतियारसहित १७ जनाको प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

बीस वर्ष कैद सजाय पाएका अपराधी प्रहरीले नै भगायो

अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका माओवादी केन्द्रका एक जना कार्याकर्तालाई बारा प्रहरीले पक्राउ गरी कारागार नपठाएर भगाएको छ। २० वर्ष कैद सजाए पाएका बिश्रामपुर गाउँपालिका २ बरैनिया गाउँका माओवादी केन्द्रका कार्याकर्ता अशोक कुमार साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार नपठाई भगाइदिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्