६ आश्विन २०८१ आइतबार
image/svg+xml

नरभक्षी चितुवा मार्न प्रहरी परिचालन

बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ। नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

चार सय बालबालिका बचाउन जब प्रहरीले दस किलो बम बोकेर दौडिए... (भिडियो)

भारतको मध्यप्रदेशस्थित सागर जिल्लाका एक प्रहरीको चर्चा चुलिएको छ। दस किलोको बम बोकेर एक किलोमिटर परसम्म लगेर फ्याँकेको भन्दै उनी समाजिक सञ्जालमा वाहवाही कमाइरहेका छन्।

गृहमन्त्रीका सल्लाहकारको कार्यालय प्रहरी मुख्यालयमा

गृहमन्त्रीको सुरक्षाविज्ञका रुपमा नियुक्त पूर्वएआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी प्रशासनको दैनिक कामकाजमा पनि चासो राख्न थाले।

सशस्त्र प्रहरी जवान हत्या आरोपमा दुई युवतीसहित ६ पक्राउ

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बोलेरोको ठक्करबाट पूर्व प्रहरी हवल्दारको मृत्यु

बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ५ रामटारमा बलेरोको ठक्करबाट एक जना मोटसाइकल चालकको मृत्यु भएको छ ।

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

ऐन नबन्दै प्रहरीको संघीय संरचना

ऐन र नियमावली नबन्दै प्रहरीमा रहेको एआइजीको दरबन्दी ३ बाट ११ पुर्‍याएर करिब २ सातापछि पदस्थापना गर्दा प्रदेशका आधारमा पदस्थापना गरिएको हो।

बार्सिलोना आक्रमणमा १३ जना मारिए, प्रहरीले रोक्यो दोस्रो आक्रमण

स्पेनको बार्सिलोनामा आतंककारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ। आतंककारीले सडकमा भ्यान आक्रमण गरेका थिए। लगत्तै आतंककारीको अर्को प्रयास भने प्रहरीले विफल पारेको छ। प्रहरीले क्याम्ब्रिस शहरमा  ५ आक्रमणकारीलाई गोली हानी मारेका छन्।

पदस्थापन नहुँदा प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआइजी

छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआइजी हुन्। तर यी दुबै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन्। काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआइजीको फुली लगाएर एसएसपीको भूमिकामा छन्।

भक्तपुरमा ट्याक्सी लुटेर भाग्ने गौतमलाई प्रहरीले लखेट्दै पक्रियो

यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ। चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन्।

तीसवर्षे सेवा अवधि हटाउन प्रहरी फकाउँदै गृहमन्त्री

प्रहरी संगठनमा पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर अवधिका आधारमा अवकाश पाउने नियम छ। सेवा अवधि लगाउँदा नेतृत्व तहमा पुगेका अधिकारीको कार्यकाल छोटो हुने र योजनाअनुसारको काम गर्न नसक्ने भन्दै सो हटाउन एक पक्षले दबाब दिँदै आएको छ।

मानव तस्करी रोक्न आठ देशका प्रहरी नेपालमा

मानव तस्करी रोक्न आठ देशका प्रहरी नेपाल आएका छन्। नेपाल ट्रान्जिट बनाएर भइरहेको तस्करी रोक्ने सञ्जाल बनाउन भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, फिलिपिन्स र बर्माका प्रहरी नेपाल आएका हुन्।

प्रहरी छवि स्वच्छ पार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन डटेर काम गर्न बरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

सप्तरीमा बम विस्फोट हुँदा चार प्रहरी घाइते

सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ।

प्रहरी बढुवामा यसरी हुन्छ नम्बरको खेल

बढुवामा चलखेल हुने कार्यसम्पादन मूल्यांकनबापतको ४० नम्बरमा हो। ४० मध्ये सुपरीवेक्षकले २० नम्बर, पुनरावलोकनकर्ताले अधिकतम १० र पुनरावलोकन समितिले १० नम्बर दिन पाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्